ad ad

राजनीति


कोशीमा एमालेलाई सरकार बाहिर नराखौँ- माओवादी नेता चापागाईं

कोशीमा एमालेलाई सरकार बाहिर नराखौँ- माओवादी नेता चापागाईं

नेपालखबर
कात्तिक १४, २०८० मंगलबार ९:२२, काठमाडौँ

माओवादी केन्द्रका केन्द्रीय सदस्य दुर्गाप्रसाद चापागाईंले कोशी प्रदेशमा सहमतीय सरकार बनाउनुपर्नेमा जोड दिएका छन्।
 
कोशीमा हाल एमालेको समर्थनमा कांग्रेस विद्रोही समूहका केदार कार्की मुख्यमन्त्री छन्। 

कोशी प्रदेशसभा सदस्यसमेत रहेका चापागाईंले सामाजिक सञ्जालमार्फत् कार्की नेतृत्वको सरकारलाई नै प्रदेश सहमतिको सरकारमा रुपान्तरण गर्नुपर्ने र सबै दललाई सरकारमा समेट्नुपर्ने बताएका हुन्।

‘संघीय गठबन्धनमा रहेका दललाई कोशीका सरकारमा ल्याए बाहिरिने एमालेको चेतावनी र एमालेलाई बाहिरै राखेर गठबन्धन दलले मात्र सरकार चलाउँने दुबै सोच प्रदेशको स्थायित्वका लागि उचित छैन,’ चापागाईंले सामाजिक सञ्जालमा लेखेका छन, ‘एमालेले गठबन्धन दललाई सहभागी गराए सरकार छोड्छौं भन्ने अडान त्याग्नुपर्छ। गठबन्धनका दलले पनि एमालेलाई सरकारबाट बाहिर निकालेर पुनः गठबन्धनको मात्र सरकार बाउनुपर्छ भन्नु हुँदैन।’

कोशी प्रदेशलाई स्थायित्व दिन पनि सर्वदलिय सहमतिमा सरकार सञ्चालन गर्नुपर्नेमा उनको जोड छ। ‘हाम्रो प्रदेशको गणितीय जटिलतालाई ध्यान दिँदै प्रदेश सहमतिको सरकार निर्माणमा सबैपक्ष इमान्दारपूर्वक लागौं,’ चापागाईंले भनेका छन्।
 

काँग्रेसको शेखर कोइराला समूहका कार्की एमालेका ३९ र आफ्नो समूहका ८ सांसदको समर्थनमा कोशी प्रदेशको मुख्यमन्त्री नियुक्त भएका थिए। तर, सत्ता गठबन्धनले पनि विश्वासको मत दिएपछि उनले सरकारलाई पूर्णता दिन सकेका छैनन्।
 
एमालेले आफ्नो समर्थनमा मुख्यमन्त्री बनेकाले सत्ता गठबन्धन दललाई सरकारमा नल्याउन कार्कीमाथि दबाब दिइरहेको छ। काँग्रेसले भने गठबन्धनमा सहभागी दलहरुलाई सरकारमा सहभागी गराउन कार्कीलाई निर्देशन दिइसकेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .