ad ad

राजनीति


रामकुमारी झाँक्रीले राष्ट्रपतिको हातबाट टीका लगाउने

रामकुमारी झाँक्रीले राष्ट्रपतिको हातबाट टीका लगाउने

फाइल फाेटाे


नेपालखबर
कात्तिक ६, २०८० सोमबार २१:६, काठमाडौँ

पूर्वमन्त्री एवं नेकपा एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्रीले दसैँको टीका राष्ट्रपति रामचन्द्र पौडेलको हातबाट लगाउने भएकी छन्। 

भोलि मंगलबार विजया दशमीका दिन राष्ट्रपति पौडेलले विशिष्टदेखि सर्वसाधारणसम्मलाई दसैँको टीका लगाइदिने कार्यक्रम छ। 

‘म प्रधानमन्त्री, मन्त्रीहरू, दलका  नेतृत्वगणसँग टीका लगाउन खासै गइनँ’, नेतृ झाँक्रीले सोमबार सामाजिक सञ्जालमार्फत भनेकी छन्, ‘तर यसपटक म सम्माननीय राष्ट्रपतिज्यूको हातबाट टीका लगाउने सोच बनाएँ।’

यस क्रममा झाँक्रीले यो पनि लेखेकी छन्, ‘हामी लोकतन्त्रको लागि लड्दै गर्दा प्रजातान्त्रिक मुलुकमा ऐसको जीवन बाँचेका भगौडाहरू आएर ठूला कुरा गर्नथाले बा!’

केही दिनअघि मात्र गैरआवासीय नेपाली संघको महाधिवेशनमा आक्रामक भाषण गरेर चर्चामा आएकी झाँक्रीले उक्त कटाक्ष पनि उनीहरू (एनआरएन) नै लाई गरेकी त होइनन्? 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .