ad ad

राजनीति


ती एनआरएनले के भनेका थिए? रामकुमारी झाँक्रीले सेयर गरिन् त्यो भाइरल भिडिओ

ती एनआरएनले के भनेका थिए? रामकुमारी झाँक्रीले सेयर गरिन् त्यो भाइरल भिडिओ

नेपालखबर
कात्तिक ३, २०८० शुक्रबार १०:१४, काठमाडौँ

काठमाडौँमा आयोजित गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११औँ महाधिवेशन भर्खरै सम्पन्न भएको छ। बिहीबार भएको प्रत्यक्ष र अनलाइन मतदानबाट अध्यक्ष पदमा डा. बद्री केसी विजयी भएको घोषणा गरिएको छ।  

तर अध्यक्षमा पराजित आरके शर्मा र महेश श्रेष्ठले अनलाइन भोटिङ प्रणाली कब्जामा लिएर चुनावमा धाँधली गरिएको आरोप लगाएपछि भाँडभैलो भएको छ। 

तर देशमा यतिबेला एनआरएनएको चुनावभन्दा बढी चर्चामा छिन्– पूर्वमन्त्री रामकुमारी झाँक्री। नेकपा एकीकृत समाजवादीकी सचिव झाँक्रीले एनआरएनएको महाधिवेशनमा गरेको भाषण सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। 

एनआरएनएको ११औँ महाधिवेशनसँगै सरकारले गैरआवासीय नेपाली नागरिकता दिन सुरु गरेको छ। यसै सन्दर्भमा बुधबार सोल्टी होटलमा आयोजित एनआरएनएको महाधिवेशनमा छलफल गरिएको थियो। त्यस क्रममा एक सहभागीले राजनीतिक अधिकार नदिनेगरी गैरआवासीय नेपाली नागरिकतासम्बन्धी कानुन बनाएको भन्दै झाँक्रीको नामसमेत लिएर नेपाली नेता तथा सांसदहरूको आलोचना गरेका थिए। ती सहभागीले उक्त कानुनलाई ‘कागजको खोस्टो’ भनेका थिए। 

उनले भनेका थिए, ‘नेपालमा राजनीतिक परिवर्तनका लागि भएका हरेक आन्दोलनमा म र मेरो परिवार सहभागी छौँ। हामी रहरले विदेशिएका होइनौँ। रहरले नागरिकता त्यागेका होइनौँ। अहिले नागरिकता भनेर जुन कागजको खोस्टो बाँडिएको छ, त्यसको कुनै औचित्य छैन। नागरिकता दिनु तर राजनीतिक अधिकार नदिनु भनेको मानव अधिकारको विरुद्धमा हो। यसका लागि भोलि कुल आचार्यले फाँसीको हकदार बन्नुपर्ने हुन सक्छ।’ 

यसपछि बोल्ने पालो पाएकी नेतृ रामकुमारी झाँक्रीले गैरआवासीय नेपालीविरुद्ध आक्रामक भाषण गरेकी थिइन्। जसको भिडिओ सामाजिक सञ्जालमा भाइरल भइरहेको हो। \

तर कतिपयले आफूले बोलेका कुराको टुक्रा मात्र राखेर पूरा कुरा प्रस्ट हुन नपाएको भन्दै नेतृ झाँक्रीले एनआरएन प्रतिनिधिले बोलेका कुरासहितको भिडिओ सामाजिक सञ्जालमा राखेकी छन्। 

भिडिओको क्याप्सनमा झाँक्रीले लेखेकी छन्, ‘यो हो थोरै कुरा।’

हेर्नुहोस् भिडिओ-

झाँक्रीले बाेलेको पूरा भिडिओ यहाँ एनआरएन नागरिकतासम्बन्धी छलफलमा किन आक्रोशित भइन् रामकुमारी झाँक्री?

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .