ad ad

राजनीति


चिनियाँ समकक्षीले अस्पतालमै गएर भेटे गृहमन्त्री श्रेष्ठलाई

चिनियाँ समकक्षीले अस्पतालमै गएर भेटे गृहमन्त्री श्रेष्ठलाई

नेपालखबर
कात्तिक ४, २०८० शनिबार ११:५९, काठमाडौँ

चीनमा उपचाररत उपप्रधानमन्त्री एलं गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई चिनियाँ समकक्षी एवं चीनका सार्वजनिक सुरक्षामन्त्री वाङ सियाओहङले अस्पतालमै पुगेर भेट गरेका छन्।

हृदयाघात भएपछि बेइजिङस्थित पेकिङ मेडिकल कलेज अस्पतालमा उपचाररत श्रेष्ठलाई चीनका समकक्षी सियाओहङले भेटेका हुन्।

त्यसक्रममा सियाओहङले गृहमन्त्री श्रेष्ठको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्। त्यसक्रममा वाङले उपप्रधानमन्त्री श्रेष्ठको स्वास्थ्य उपचारमा कुनै कसर बाँकी नराख्न चिकित्सकहरुलाई निर्देशन दिएका छन्।

चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय अन्तर्राष्ट्रिय विभागका निर्देशक पेङ सीउ सानले पनि उपप्रधानमन्त्री श्रेष्ठसँग भेट गरी पूर्णस्वास्थ्य लाभको कामना गरेका छन्। चिनियाँ विदेशमन्त्री वाङ यीले आफ्नो प्रतिनिधि पठाएर उपप्रधानमन्त्री श्रेष्ठको स्वास्थ्यलाभको कामना गरेका उनको सचिवालयले जनाएको छ। 

चीन सरकारले उपप्रधानमन्त्री श्रेष्ठको उपचारमा उच्च प्राथमिकता दिएको छ।

तेस्रो बेल्ट एण्ड रोड फोरम फर इन्टरनेशनल कोअपरेसन (बीएफआर) मा सहभागी हुन बेइजिङ पुगेका बेला उपप्रधानमन्त्री श्रेष्ठ बिरामी परेका हुन्। 

अहिले श्रेष्ठको स्वास्थ्यवस्था सामान्य बन्दै गएको छ। जनवादी चीनको भ्रमणका क्रममा रहँदा यही कात्तिक १ गते हृदयाघात भएपछि श्रेष्ठ बेइजिङस्थित पेकिङ मेडिकल कलेज अस्पतालमा उपचाररत छन्। 

उपप्रधानमन्त्री श्रेष्ठ आज बिहानदेखि अस्पतालभित्रै सामान्य हिँडडुल गर्न थालेका उनका स्वीकय सचिव सुरेशकाजी श्रेष्ठले जानकारी दिए। हृदयाघात भएपछि उनको छातीमा ‘स्टेन्ट’ राखिएको छ। रासस
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .