ad ad

राजनीति


एनआरएनए महाधिवेशन प्रक्रिया स्थगित

एनआरएनए महाधिवेशन प्रक्रिया स्थगित

नेपालखबर
कात्तिक ३, २०८० शुक्रबार १९:३१, काठमाडौँ

काठमाडौंमा जारी गैरआवासीय नेपाली संघ (एनआरएनए)को ११ औँ महाधिवेशन प्रक्रिया स्थगित भएको छ।

महाधिवेशनमा भएको निर्वाचनको परिणामलाई लिएर विवाद भएपछि बाँकी प्रक्रिया स्थगित भएको हो।

महाधिवेशनबाट बहालवाला अध्यक्ष डा. बद्री केसीको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ। अधिकांश उम्मेदवार उनकै समूहबाट निर्वाचित भएका छन्।

सत्ता साझेदार दल नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रनिकट अधिकांश उम्मेदवार पराजित भएका छन्।

पराजित उम्मेदवारको एक समूह निर्वाचनमा धाँधली भएको भन्दै प्रधानमन्त्रीलाई गुनासो गर्न पुगेको थियो।
विवादपछि बाँकी प्रक्रिया स्थगित गरिएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .