ad ad

कला


अर्को दसैँका लागि दीपकराज गिरीको तयारी

अर्को दसैँका लागि दीपकराज गिरीको तयारी

नेपालखबर
असोज २८, २०८० आइतबार ९:२४, काठमाडौँ

कलाकार तथा निर्माता दीपकराज गिरी फिल्म निर्माण थाल्दा नै दसैँका बेला रिलिज हुनेगरी समय निर्धारण गर्छ। तर दीपकले अघिल्लो वर्ष र यो वर्ष दुवै दसैँमा फिल्म रिलिज गर्न पाएनन्। 

२ वर्ष अघिसम्म आम दर्शकलाई पनि दसैँ भन्नेबित्तिकै दीपकको फिल्म हलमा लाग्छ भन्ने पर्न थालिसकेको थियो। गत वर्षबाटै दीपकको टिमले दसैँमा फिल्म रिलिज गर्न सकिरहेको छैन। 

आउँदो वर्षको दसैँमा भने फिल्म रिलिज गर्ने दीपकको तयारी छ। भन्छन्, ‘छक्का पन्जा’लाई यसपटकको दसैँमा मिस गरिरहेको छु। तर, अर्को बर्ष भने फिल्म दसैँमा नै रिलिज गर्ने तयारी छ। यसैले, दर्शकलाई आउँदो बर्षको दसैँसम्म प्रतिक्षा गरिदिन आग्रह गर्दछु।’

आफ्ना फिल्ममा राजनीतिक कथाबस्तुलाई उठान गर्दै आएका दीपकले अब राजनीति बाहिर निस्कने बताएका छन्। दीपकले भने–‘हामीलाई कथा लेख्न अझै ६ महिना लाग्छ। नाम के राख्ने भन्ने बिषयमा हामी जहिले पनि अन्तिममा निर्णय गर्छौ। ‘वडा नम्बर ६’ को सिरिज या ‘छक्का पन्जा ५’ पनि बन्न सक्छ।’

आउँदो बैशाखबाट फिलमको छायांकन सुरु गर्ने दीपकको तयारी छ। फिल्म निर्माणमा सफल भएपछि दीपकले नयाँबानेश्वरमा ‘आइएनआई सिनेमाज’ संचालनमा ल्याएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .