ad ad

राजनीति


कोशीका मुख्यमन्त्रीलाई प्रचण्ड र देउवाको पनि समर्थन, गठबन्धन कायम राख्न शेखरको हस्ताक्षर

कोशीका मुख्यमन्त्रीलाई प्रचण्ड र देउवाको पनि समर्थन, गठबन्धन कायम राख्न शेखरको हस्ताक्षर

नेपालखबर
असोज २७, २०८० शनिबार १०:५५, काठमाडौँ

कोशी प्रदेशमा नव नियुक्त मुख्यमन्त्री केदार कार्कीलाई सत्तारुढ गठबन्धनको समर्थन रहने भएको छ। 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र कांग्रेस नेता शेखर कोइरालाबीच यस्तो सहमति भएको हो। 

एमालेको समर्थनमा मुख्यमन्त्री नियुक्त भए पनि कार्की नेतृत्वको सरकारलाई सत्तारुढ गठबन्धनको पनि समर्थन रहने सहमती तीन नेताहरुबीच भएको स्रोतले जनाएको छ। 

आज बिहान प्रचण्ड, देउवा र कोइरालाबीच भएको छलफलमा गठनन्धन कायम राख्ने निर्णय भएको हो। 

बैठकपछि तीन नेताको हस्ताक्षरसहित जारी गरिएको विज्ञप्तिमा भनिएको छ, हामी वर्तमान सत्ता गठबन्धनप्रति दृढ र स्पष्ट छौँ, र यो गठबन्धनलाई कुनै पनि हालतमा कमजोर हुन दिने छैनौँ।

प्रधामन्त्री प्रचण्डका सचिवालय सदस्य रमेश मल्लले ३ नेताको बैठकले सत्ता गठबन्धनलाई नै बलियो बनाउने प्रतिबद्धतासहित अब उप्रान्त कोशी प्रदेशमा सोही अनुसार अघि बढ्ने निर्णय भएको जानकारी दिएका छन्। 

उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘आज बिहान बसेको ३ नेताको बैठकले सत्ता गठबन्धनलाई नै बलियो बनाउने प्रतिबद्धतासहित अब उप्रान्त कोशी प्रदेशमा सोही अनुसार अघि बढ्ने सहमति भएको छ।’

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .