ad ad

राजनीति


देशलाई नै धरौटीमा राखेर कसैको सहयोग लिन सकिँदैनः पौडेल

देशलाई नै धरौटीमा राखेर कसैको सहयोग लिन सकिँदैनः पौडेल

नेपालखबर
माघ १४, २०७६ मंगलबार १२:२९,

राष्ट्रिय जनमोर्चाका सांसद दुर्गा पौडेलले देशलाई नै धरापमा पार्नेगरी सहयोग लिन नहुने बताएकी छन्।

मंगलबार सभामुख अग्नि सापकोटालाई बधाई दिन बसेको प्रतिनिधिसभाको बैठकमा सांसद पौडेलले संसदले एमसीसी प्रस्तावलाई दृढतापूर्वक अस्विकार गर्नुपर्ने बताइन्। कसैको सहयोग लिँदा देशलाई नै धरापमा पार्न नहुनेमा सांसद पौडेलको जोड छ।

‘हामीले कसैको सहयोग लिन हुन्न भन्ने होइन तर सहयोग लिँदा त्यसका सर्त कस्ता छन् हेर्नुपर्छ। पाएँ त खाएँ भने झैँ देशलाई नै धरौटीमा राखेर कसैको सहयोग लिन सकिँदैन। यो विषय राष्ट्रियतासँग जोडिएको विषय हो। देशको भौगोलिक अखण्डतासँग जोडिएको विषय हो। त्यसैले यस विषयमा संसद गम्भीर भएर यसलाई अस्वीकार गर्नुपर्छ’ उनले भनिन्।

अमेरिकी दूतावासले नै एमसीसीलाई इण्डोप्यासिफिक रणनीतिको अंग बताइसकेको अवस्थामा त्यसलाई अस्वीकार गर्नुपर्ने उनको भनाई थिया। पौडेलले भनिन्, ‘एमसीसी इण्डो प्यासिफिक रणनीतिको अंग हो कि होइन भन्ने कुरा जव चर्कोसँग आयो, स्वयम् अमेरिकी दूतावास र अमेरिकी असिस्टेन्ट सेक्रेटरी मिसेन अलाइन्स वेलले एमसीसी इण्डोप्यासिफिक रणनीतिको अंग हो भनेर स्पष्ट पारिसकेकी छन्।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .