ad ad

राजनीति


संघीय स्वरुपमा जाँदा विद्यालय शिक्षा विधेयकमा केही कुराहरू छुटे : वर्षमान पुन

संघीय स्वरुपमा जाँदा विद्यालय शिक्षा विधेयकमा केही कुराहरू छुटे : वर्षमान पुन

फाइल तस्बिर


नेपालखबर
असोज १९, २०८० शुक्रबार १८:३, काठमाडौँ

नेकपा (माओवादी केन्द्र) का सांसद वर्षमान पुनले विद्यालय शिक्षा विधेयकलाई निक्र्योलमा पुर्‍याउने जिम्मा सांसदको हातमा रहेको बताएका छन्।

प्रतिनिधि सभामा शुक्रबार विद्यालय शिक्षा विधेयक २०८० विचार गरियोस् भन्ने प्रस्तावमाथि छलफलमा भाग लिँदै सांसद पुनले सरकारले संसदबाट शिक्षा विधेयकलाई परिमार्जन गर्छौं भनेर स्वीकार गरेकालेपनि विधेयक टुगोंमा पुर्‍याउने जिम्मा सांसद्हरुको रहेको बताएका हुन्।

उनले सरकारले ढिलो भएपनि विद्यालय शिक्षा विधेयक संसद्सम्म ल्याएको भन्दै विधेयकलाई संसोधन गरेर शिक्षा सम्बद्ध सरोकारवालाका अधिकारहरूलाई समेट्नुपर्ने बताए। 

‘सरकारले ढिलो भएपनि विद्यालय शिक्षा विधेयक संसदसम्म ल्याइपुर्‍याएको छ। सरकारले संसद्बाट शिक्षा विधेयकलाई परिमार्जन गर्छौं भनेर स्विकारपनि गरिसकेको अवस्था छ। सबै माननीयले यसमा पर्याप्त काम गरौँ,’ उनले भने, ‘संविधानको मर्म अनुसार विधेयकलाई अघि बढाउनुपर्छ। समाजवादतर्फ लैजान सक्ने राष्ट्रिय जनशक्ती तयार गर्न जरुरी छ। त्यो भनेको वैज्ञानिक शिक्षाको कुरा हो। प्राविधिक शिक्षाको कुरा हो। देशभक्त नागरिक तयार गर्ने कुरा हो।’

अहिलेको अवस्थामा समाजवादतर्फ लैजान सक्ने राष्ट्रिय जनशक्ति तयार गर्न जरुरी रहेको बताए। वैज्ञानिक र प्राविधिक शिक्षाले मात्रै देश समृद्ध हुने भन्दै संघीय स्वरुपमा जाँदा विधेयकमा कतिपय कुराहरु अपुग भएको उनको भनाइ छ।

‘त्यस अनुसार शिक्षा विधेयकलाई समृद्ध गर्न आवश्यक छ। संघीय स्वरुपमा जाँदा विधेयकमा कतिपय कुराहरू पुगेको छैन भनेर सार्वजनिक रुपमा प्रश्नहरू पनि उठेको छ। त्यसलाई संसोधनमार्फत परिमार्जन गर्न सकिन्छ। शिक्षा राज्यको दायित्व हो। त्यसमा विभिन्न पक्षहरूसँग सहकार्य गरेर जानुपर्छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .