ad ad

राजनीति


गणतान्त्रिक व्यवस्था मन नपराउनेहरू धार्मिक द्वन्द्व निम्त्याउन संलग्न छन् : सांसद शर्मा

गणतान्त्रिक व्यवस्था मन नपराउनेहरू धार्मिक द्वन्द्व निम्त्याउन संलग्न छन् : सांसद शर्मा

नेपालखबर
असोज १९, २०८० शुक्रबार १७:२५, काठमाडौँ

नेकपा(माओवादी केन्द्र)की सांसद नारायणी शर्माले गणतान्त्रिक व्यवस्था मन नपराउनेहरु धार्मिक र साम्प्रदायिक द्वन्द्व निम्त्याउन संलग्न रहेका बताएकी छिन्।

शुक्रबार नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सांसद शर्माले वर्तमान गणतान्त्रिक व्यवस्थालाई मन नपराउनेहरु नै धार्मिक र साम्प्रदायिक द्वन्द्व निम्त्याउन संलग्न रहेका बताएकी हुन्। 

यस प्रकारको द्वन्द्व निम्त्याउन उनीहरुले नै प्रेरित गरिरहेका बताउँदै उनले धार्मिक, सामाजिक सद्भाव कायम गर्नुपर्ने र त्यसका निम्ति सकारात्मक बाटो देखाउनुपर्नेमा जोड दिइन्। 

‘के देखिन्छ भने कतै न कतैबाट केही भइराखेको छ भन्ने एउटा प्रश्न चाहीँ अहिले उठिरहेको छ। किनभने यो राज्य प्रणालीलाई, अहिलेको गणतान्त्रिक व्यवस्थालाई मन नपराउनेहरु कतैबाट उक्साहटमा त लागिराखेका छैनन्? यो राज्य व्यवस्थालाई जसले विभिन्न ढंगले आक्रमण गर्न अगाडी बढिराखेका छन् हामीले सदनमा हेरौँ या सडकमा हेरौँ,’ उनले भनिन्, ‘हामी कतैबाट हेर्दाखेरी पनि जो बोलिहरु यहाँ उठिरहेका छन् यिनी कुराहरूले कतै न कतै प्रेरित गरेको छ जस्तो लाग्छ मलाई। यो भड्काउने खालको जुन षड्यन्त्र भइराखेको छ, यतातिर जान नदिनको निम्ति सबै सचेत नागरिक र सबै राजनीतिक दलहरुले एक ठाउँमा उभिनका लागि र मिलेर सद्भाव कायम गर्नको निम्ति हामिले सकारात्मक बाटो देखाउन जरुरी छ। त्यता लाग्न जरुरी छ।’

द्वन्द्व निम्तिन नदिन सबै राजनीतिक दलहरु र नागरिकहरु एक ठाउँमा उभिनुपर्ने पनि उनले बताइन्।

‘धार्मिक द्वन्द गराउने प्रयत्नमा पछाडीबाट को उभिएको छ, यो राज्यले चिन्न जरुरी छ। जसले अहिलेको गणतान्त्रिक राज्य व्यवस्थालाई खासगरी मन पराइराखेका छैनन् त्यस्ता तत्वहरुको कतै न कतै संलग्नता हुनसक्छ,’ उनले भने।

सांसद शर्माले द्वन्द्व फैलाउन पर्दा पछाडी उभिएकाहरुलाई राज्यले चिन्नुपर्ने बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .