ad ad

राजनीति


प्रधानमन्त्रीको चीन भ्रमणबारे सांसद पन्तको टिप्पणी–हात्ती आयो, हात्ती आयो फुस्सा

प्रधानमन्त्रीको चीन भ्रमणबारे सांसद पन्तको टिप्पणी–हात्ती आयो, हात्ती आयो फुस्सा

नेपालखबर
असोज १८, २०८० बिहिबार १६:२२, काठमाडौँ

नेकपा(एमाले)का सांसद रघुजी पन्तले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड चीन भ्रमणबाट महत्वपूर्ण अवसर लिन चुकेको टिप्पणी गरेका छन्।

बिहीबार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद पन्तले प्रधानमन्त्रीको चीन भ्रमणका क्रममा आर्थिक, भौतिक संरचनाको विकासमा कोशेढुंगाको भुमिका खेल्ने अपेक्षा गरिएको भएपनि त्यसो हुन नसकेको बताए। उनले प्रधानमन्त्रीको चीन भ्रमण ‘हात्ती आयो, हात्ती आयो फुस्सा’ जस्तो भएको टिप्पणी गरे। 

भ्रमणका क्रममा मुलुकको अग्रगति, उन्नति र गरिबी हटाउनका लागि कुनै आयोजना कार्यान्वयन हुन नसक्नु दुःखद् भएको उनको भनाइ छ। 

‘प्रधानमन्त्रीले एउटा महत्वपूर्ण अवसर चीन भ्रमणमा मुलुकको विकासको लागि, मुलुकको अग्रगतिको लागि, मुलुकको उन्नतिको लागि, यो देशका जनताको गरिबी हटाउनका लागि यो मुलुकलाई विकासको बाटोमा अगाडी बढाउनका लागि र केपी ओलीको पालामा प्रश्तावित भएका ९ वटा योजनाहरुलाई कार्यान्वयन गर्ने मौका चुकाउनु भयो,’ सांसद पन्तले भने, ‘यो देशका लागि अत्यन्त दुःखद कुरा हो।’

उनले नेपालको प्रधानन्त्रीले एमसीसीका कार्यकारी निर्देशकसँग उभिएर एमसीसी कार्यान्वयन शुभारम्भ हुने कार्यक्रमको उद्घाटन गर्नु कुटनीतिक मर्यादा विपरित भएको टिप्पणी पनि गरे। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .