ad ad

राजनीति


गम्भीर बिरामी परेका पार्टी सचिव आचार्यलाई प्रधानमन्त्रीले वीर अस्पताल पुगेर भेटे

गम्भीर बिरामी परेका पार्टी सचिव आचार्यलाई प्रधानमन्त्रीले वीर अस्पताल पुगेर भेटे

नेपालखबर
असोज १८, २०८० बिहिबार १०:३८, काठमाडौँ

गम्भीर विरामी परेर अस्पताल भर्ना भएका पार्टी सचिव डिलाराम आचार्यलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वीर अस्पतालमा पुगेर भेटेका छन्।  

माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्डले बिहीबार बिहान वीर अस्पतालमै पुगेर नेता आचार्यको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन्।  

माओवादी सुदूरपश्चिम प्रदेशका इन्चार्जसमेत रहेका आचार्य तीन महिने पार्टी रुपान्तरण अभियान लिएर अछाम पुगेका बेला गम्भीर अस्वस्थ भएका हुन्। 

अछामको समीक्षा बैठकमा सहभागी हुन पुगेका बेला अचानक अस्वस्थ भएपछि उनलाई बुधबार हेलिकोप्टरमार्फत् काठमाडौं ल्याइएको थियो।

उनलाई सुरुमा स्थानीय बयलपाटा अस्पतालमा सामान्य उपचारपछि हेलिकप्टरमार्फत नेपालगञ्ज लगिएको थियो। त्यहाँ पनि उपचार सम्भव नभएपछि हिजै काठमाडौँ ल्याइएको माओवादी सुदूरपश्चिमका सचिव जनक बुढाले जानकारी दिए।

आचार्यमा प्यारालाइसिस जस्तो लक्षणसहितका समस्या देखिएको चिकित्सकले बताएका छन्। प्रचण्डले आचार्यको उपचारमा कुनै कसर बाँकी नराख्न चिकित्सकहरुलाई आग्रह गरेका उनको सचिवालयले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .