राजनीति


संयुक्त राष्ट्रसंघमा नेपाललाई देखिनेगरी प्रस्तुत गर्ने सफलता मिलेको छ : प्रधानमन्त्री

संयुक्त राष्ट्रसंघमा नेपाललाई देखिनेगरी प्रस्तुत गर्ने सफलता मिलेको छ : प्रधानमन्त्री

नेपालखबर
असोज १४, २०८० आइतबार १६:५५, काठमाडौँ

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संयुक्त राष्ट्र संघमा यसपटक देखिने गरी नेपाललाई प्रस्तुत गरिएको बताएका छन्। 

प्रधानमन्त्री दाहालले संयुक्त राष्ट्र संघको ७८औं महासभामा आफूले गरेको सम्बोधनबाट यस पटक नेपाल देखिने गरी प्रस्तुत हुन सफलता मिलेको दाबी गरेका हुन्। आफनो हालै सम्पन्न संयुक्त राष्ट्र संघको महासभा र चीनको औपचारिक भ्रमणबारे आइतबार प्रतिनिधि सभा बैठकमा जानकारी गराउँदै उनले नेपालको शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पु¥याउनका लागि अन्तर्राष्ट्रिय समुदायको सदभाव बटुल्न पनि आफ्नो भ्रमण सफल भएको पनि बताए। 

नेपालमा द्वन्द्वबाट शान्तितर्फ रुपान्तरणको सफल उदाहरणलाई अन्तर्राष्ट्रिय समुदायले उचित मान्यता दिनुपर्ने, दिगो विकासका लक्ष्यहरुको कार्यान्वयन तथा जलवायु परिवर्तनका प्रभावहरुबारे नेपाल लगायत अतिकमविकसित मुलुककाहरूका चुनौती र तीनको सम्बोधनका लागि विश्व समुदायको ध्यानाकर्षण गराउने विषयमा पनि आफूले संयुक्त राष्ट्र संघको महासभामा धारणा राखेको प्रधानमन्त्री दाहालको भनाइ थियो।

‘संयुक्त राष्ट्रंसंघको महासभामा प्रधानमन्त्रीस्तरबाट भएको सहभागिताबाट नेपालको शान्ति प्रक्रियालाई निष्कर्षमा पु¥याउन संयुक्त राष्ट्र संघ र अन्तर्राष्ट्रिय समुदायको सदभाव हासिल गर्ने, नेपालमा द्वन्द्वबाट शान्तितर्फ रुपान्तरणको सफल उदाहरणलाई अन्तर्राष्ट्रिय समुदायले उचित मान्यता दिनुपर्ने, दिगो विकासका लक्ष्यहरुको कार्यान्वयन, तथा जलवायु परिवर्तनका प्रभावहरुबारे नेपाल लगायत अतिकमविकसित मुलुककाहरुका चुनौति र तिनको सम्बोधनका लागि विश्व समुदायको ध्यानाकर्षण गराउने विषयमा नेपाल यस पटक देखिने गरी प्रश्तुत गर्न सफलता मिलेको छ,’ प्रधानमन्त्री प्रचण्डले भने।

प्रधानमन्त्री दाहालले आफ्नो चीन भ्रमणले दुई मुलुकबीचको राजनीतिक तहमा विश्वासको वातावरण बनेको पनि बताए। नेपाल–चीनबीचको जनस्तरको सम्बन्धलाई प्रगाढ बनाउन पोखरा अन्तर्राष्ट्रिय विमानस्थलहरुमा चीनबाट सोझै हवाई उडान गरिनुका साथै विज्ञान र प्रविधिको क्षेत्रमा सहकार्य गर्ने, द्धिपक्षीय व्यापार बिस्तार गर्ने विषयमा समेत बिस्तारपूर्वक छलफल भएको पनि बताए।

चीन भ्रमणबारे जानकारी गराउँदै प्रधानमन्त्रीले भनेका छन्–
मित्र राष्ट्र चीनको औपचारिक भ्रमण चीनका महामहिम राष्ट्रपति सिजिनफिङ गर्नुभएको २०१९ पछि नेपालबाट गरिएको यो पहिलो उच्चस्तरीय भ्रमण हो। कोभिड १९ महामारीका कारण लामो समयदेखि उच्चस्तरीय भ्रमण नभएको सन्दर्भमा मेरो भ्रमणले नेपाल र चीनबीच आपसी विश्वासको वातावरण सुदृढ गर्दै दुवै देशबीच रही आएको ऐतिहासिक सम्बन्धको समग्र पक्षलाई थप प्रगाढ बनाउन महत्वपूर्ण भुमिका खेलेको विश्वास लिएको छु। यस भ्रमणको दौरानमा चीनका महामहिम राष्ट्रपति तथा प्रधानमन्त्रीसँग सारभूत पक्षमा भएको छलफलबाट नेपाल–चीन सम्बन्धलाई थप उचाई दिन मद्दत पुगेको छ। विगतमा भएका समझदारीहरुको कार्यान्वयन गर्दै लैजाने प्रतिवद्धता व्यक्त भएको छ,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘चीनका महामहिम राष्ट्रपति र प्रधानमन्त्रीसँग प्रतिनिधिमण्डल स्तरीय वार्ता र छलफल हुँदा चीनसँगको व्यापार, लगानी, अन्तरदेशीय यातायात सञ्जाल र आर्थिक–सामाजिक साझेदारी वृद्धि गर्दै लैजाने दिशातर्फ हाम्रो सम्बन्ध केन्द्रित रहनुपर्ने मैले राखेको धारणाप्रति महामहिम राष्ट्रपति र प्रधानमन्त्रीले चीनको पूर्ण समर्थन रहेको बताउनु भयो। उच्चस्तरीय भेटहरुमा नेपालको उत्तरी सीमा क्षेत्रमा चीन तर्फबाट प्रशारण लाईन निर्माण, नेपाल र चीनको सिमामा रहेको भूभागबाट केन्द्रिय विद्युत प्रशारण प्रणालीबाट विद्युतको पहुँच पु¥याउन नसकिने स्थानहरुमा सौर्य प्रणाली जडान, विभिन्न सडक निर्माण तथा स्तरोन्नति, स्वास्थ्य तथा कृषि क्षेत्रमा सहयोग विस्तार, कोभिड पछि अवरुद्ध भएका साथै परम्परागत सिमा नाकाहरुको पुनसंचालन, सीमा नाकामा नेपालतर्फ पूर्वाधार निर्माण, अत्याधुनिक प्रयोगशाला निर्माण जस्ता पूर्वाधार विकासका बारेमा केन्द्रित भएको थियो। यसैगरी नेपाल–चीनबीचको जनस्तरको सम्बन्धलाई प्रगाढ बनाउन पोखरा अन्तराष्ट्रिय विमानस्थलहरुमा चीनबाट सोझै हवाई उडान गरिनुका साथै विज्ञान र प्रविधिको क्षेत्रमा सहकार्य गर्ने, द्धिपक्षीय व्यापार विस्तार गर्ने विषयमा समेत विस्तारपूर्वक छलफल भयो। नेपाल सदैव एक चीन नीतिमा प्रतिवद्ध रहँदै आएको र नेपाल–चीन बीचको सम्बन्ध पञ्चशीलको सिद्धान्त, असल मित्रता, आपसी साझेदारी र सम्मान तथा अन्तराष्ट्रिय मूल्यमान्यता र कानुनमा आधारित रहेको पृष्ठभूमिमा भविष्यमा यो सम्बन्धलाई थप उचाईमा लैजाने दिशातर्फ दुवै पक्षले गर्नुपर्ने कार्यका बारेमा गम्भिर विचार विमर्श भयो। यसअघि मैले संयुक्त राष्ट्र संघको महासभामा नेपालको शान्ति प्रक्रिया र त्यसलाई ठोस निष्कर्षमा पु¥याउन अन्तराष्ट्रिय समूदायको सहयोग, जलवायु परिवर्तन तथा यसले गर्दा नेपाललगायत अल्पविकसित देशहरुमा परेके नकारात्मक प्रभाव र त्यसका निराकरणका उपायहरु, हिमाली राष्ट्रहरुका समस्या, दिगो विकासका लक्ष्यहरुको प्राप्तीमा अल्प विकसित राष्ट्रहरुको समस्याहरू प्रस्तुत गर्दै ती समस्या समाधानमा साधन, स्रोतको व्यवस्थापनका लागि विश्व समूदायको गम्भिर ध्यानाकर्षण गराएको छु। समग्रमा दुवै भ्रमणहरु सफल भएको मैले ठानेको छु। चीनको भ्रमणले झण्डै चार वर्ष लामो नेतृत्व तहबाट एकअर्को मुलुकका भ्रमण नभएको स्थितिको अन्त्य गरेको छ। उच्चस्तरमा भएको द्धिपक्षीय वार्ताबाट छिमेकीहरुका संवेदनशील विषयहरुमा नेपालले पालना गर्दै आएको नीतिको पुनर्पुष्टि भएको छ। राजनीतिक तहमा विश्वासको वातावरण बनेको छ। पूर्वाधार निर्माण, व्यापार, लगानी, तथा जनस्तरको सम्बन्ध बिस्तारमा द्धिपक्षीय सहयोग र सहकार्यलाई तिब्रता दिने मार्गप्रशस्त भएको छ। र, अझ महत्वपूर्ण त नेपाल र नेपाली जनताप्रति चिनिया नेताहरुको सद्भावमा वृद्धि भएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad