ad ad

राजनीति


एमाले कर्णाली अधिवेशन : प्रदेश कमिटी सदस्यमा ४४ जना निर्विरोध निर्वाचित

पाँच पदाधीकारी र ८१ सदस्यमा निर्वाचन हुँदै
एमाले कर्णाली अधिवेशन : प्रदेश कमिटी सदस्यमा ४४ जना निर्विरोध निर्वाचित

एमाले कर्णालीको अधिवेशनस्थल। तस्बिर : दिनेश बुढा


दिनेश बुढा
असोज १४, २०८० आइतबार १५:२९, सुर्खेत

नेकपा एमाले कर्णाली प्रदेशको पहिलो अधिवेशनबाट प्रदेश कमिटी सदस्यमा ४४ जना उम्मेदवार निर्विरोध निर्वाचित भएका हुन्। 

प्रदेश अधिवेशन निर्वाचन कमिटीले सार्वजनिक गरेको उम्मेदवारहरुको अन्तिम नामावली एमाले कर्णाली प्रदेश कमिटी सदस्यमा ४४ जना निर्विरोध निर्वाचित भएका हुन्।  

धेरैजसो उम्मेदवारहरु प्रदेश सभा निर्वाचन क्षेत्र अन्तर्गत भूगोलतर्फबाट पुरुष सदस्य र महिला सदस्य कोटाबाट निर्विरोध भएका छन्। 

निर्वाचनका लागि तोकिएको कोटा भन्दा धेरै उम्मेदवारी नपरेको र केहीले उम्मेदवारहरुले आफ्नो उम्मेदवारी फिर्ता लिएपछि ४४ जना प्रदेश कमिटी सदस्यमा निर्विरोध निर्वाचित भएका हुन्। 

एमाले कर्णाली प्रदेश कमिटी सदस्यमा निर्विरोध निर्वाचित हुनेमा जुम्ला प्रदेशसभा (क) बाट धनकृष्ण पाण्डे र भिमबहादुर थापा, जुम्ला प्रदेशसभा (ख) बाट दुई जना खुला सदस्य पुरुषमा जयबहादुर खत्री, नन्दराम रोकाय र जुम्ला प्रदेशसभा (ख)बाट एक जना महिला सदस्यमा चुक्की शाही गरी पाँचजना छन्।

यस्तै, हुम्ला भूगोलतर्फ प्रदेशसभा (ख) दुई जना पुरुष सदस्यमा जयबहादुर शाही र मंगल लामा, प्रदेशसभा (ख) एक जना महिलातर्फ रुपा शाही ३ जना प्रदेश कमिटी सदस्यमा निर्वाचित भएकी छन्। 

डोल्पा जिल्ला भूगालेतर्फ प्रदेशसभा (क) मा दुई जना पुरुष सदस्यमा पूर्णबहादुर डाँगी र विष्णुबहादुर रोकाया, महिला सदस्यमा पासाङ लामु रोकाय (बुढा) र प्रदेशसभा (ख) दुई जना पुरुषतर्फ धनचन्द्र बैजी, विश्वचन्द्र डसाल र एक जना महिला सदस्यतर्फ चन्द्रा कुमारी बुढा गरी ६ जना सदस्या प्रदेश कमितटीमा निर्विरोध निर्वाचित भएका छन्। 

यस्तै, मुगु जिल्ला भूगोलबाट प्रेदशसभा (क) मा दुई जना पुरुषतर्फ डबलबहादुर रोकाय, सोनाम छिरिंग लामा, एक जना महिला सदस्यतर्फ सुन्तला बुढा र प्रदेशसभा (ख) दुई जना पुरुषतर्फ कर्णबहादुर मल्ल, राजबहादुर कार्की र एक जना महिलातर्फ राज्यलक्ष्मी मल्ल गरी ६ जना प्रदेश कमिटी सदस्यमा निर्विरोध निर्वाचित भएका छन्। 

सुर्खेत जिल्लाको प्रदेशसभा भुगोलतर्फ प्रदेशसभा निर्वाचन क्षेत्र–१(क) मा दुई जना पुरुषतर्फ पूर्णबहादुर शाही, मानबहादुर खत्री र एक जना महिलातर्फ दीपा चन्द, प्रदेशसभा–१(ख) एक जना महिलातर्फ हरीकला राना गरी चार जना सदस्य निर्विरोध निर्वाचित भएका छन्। 

यस्तै, सुर्खेत प्रदेशसभा निर्वाचन क्षेत्र–२(क) महिलातर्फ लक्ष्मीकुमारी शाही र प्रदेशसभा–२(ख) बाट एक महिला सदस्यमा चन्द्रकला बुढा गरी दुई महिला सदस्य एमाले कर्णाली प्रदेश कमिटीमा निर्विरोध निर्वाचित भएकी छन्। 

दैलेख निर्वाचन क्षेत्र नम्बर–१ प्रदेशसभा (ख) एक जना महिला सदस्यमा तप्तकुमारी खड्का (थापा), दैलेख प्रदेशसभा–२(क) सर्वराज महतारा र डा. रमेशकुमार आचार्य गरी तीनजना प्रदेश कमिटी सदस्यमा निर्विरोध निर्वाचित भएका छन्। 

रुकुमपश्चिम प्रदेशसभा (क)बाट दुई जना पुरुष सदस्यतर्फ कर्णबहादुर वली र गंगाराम चनारा, एक जना महिला सदस्यमा रचना मल्ल र प्रदेशसभा (ख) मा दुई जना पुरुषतर्फ गणेशकुमार वि.क र टंकप्रसाद वली निर्विरोध पाँच जना उम्मेदवार प्रदेश कमिटी सदस्यमा निर्वाचित भएका छन्। 

यस्तै, सल्यान प्रदेशसभा (क)मा दुई जना पुरुष सदस्यतर्फ घनश्याम शर्मा र जीतबहादुर चलाउने, एक जना महिला सदस्यतर्फ आशा वली र प्रदेशसभा (ख)मा दुई जना पुरुषतर्फ घनश्याम शर्मा र वुद्धिबहादुर केसी र एक महिला सदस्यतर्फ सरिता हमाल गरी ६ जना निर्विरोध निर्वाचित भएका निर्वाचन कमिटीले जनाएको छ। 

जाजरकोट प्रदेशसभा (क) भूगोलतर्फबाट एक जना महिला सदस्यमा ताराकुमारी विष्ट शाक्य निर्विरोध निर्वाचित भएकी छन्। 

यस्तै, जनजाति निर्वाचन क्लस्टर अन्तर्गत पाँच जना महिला सदस्यमा चन्द्राकुमारी थापा मगर र छप्साङ लामा निर्विरोध निर्वाचित भएकी छन्। पाँच जना महिला सदस्य रहेको कोटामा दुई जना महिलाको मात्रै उम्मेदवारी परेको हो।

१ जना कोटा रहेको अल्पसंख्यकमा दैलखका पदमबहादुर माझी निर्विरोध प्रदेश कमिटी सदस्यमा चुनिएका छन्। प्रदेश लेखा समितीको उपाध्यक्षमा अमरबहादुर चन्द, दुई जना महिला सदस्यमा जाजरकोटकी कमला कुमारी शाी र रुकुमपश्चिमकी कृष्णाकुमारी मल्ल निर्विरोध निर्वाचित भएकी छन्। 

लेखा समितीको खुला २ जना सदस्यमा एक जनाको मात्रै उम्मेदवारी परेको छ। जसमा रुकुमपश्चिमका मिजाश मल्लको उम्मेदवारी परेको हो। उनि पनि निर्विरोध  लेखा समितीको सदस्यमा निर्वाचित भएका छन्। 

पाँच पदाधीकारी र ८१ सदस्य पदमा निर्वाचन
यस्तै, ४४ जना प्रदेश कमिटी सदस्यमा निर्विरोध भए पनी पाँच जना पदाधीकारी र ८१ जना सदस्यमा निर्वाचन जारी रहेको छ। नयाँ नेतृत्वका लासग (असोज १३) आइतबार दिउँसो १ बजेबाट मतदान प्रक्रिया जारी रहेको छ। 

पाँच जना पदाधिकारी मध्ये अध्यक्षमा तीन जनाको उम्मेदवारी रहेको छ। जसमा कालीकोटका मीनबहादुर शाही, सल्यानका गुलावजंग शाह र कालीकोटका प्रकाश रोकाया छन्।

उपाध्यक्ष्मा लागि जाजरकोटका लालबहादुर महतारा, जुम्लाका टेकराज पछाई र मुगुका दानसिंह परियार छन्। सचिवमा दैलेखका रुद्रबहादुर शाही र सुर्खेतका ध्रुबकुमार शाही मैदानमा उत्रिएका छन्। 

यस्तै, दुई जना उप–सचिवका लागि ९ जना उम्मेदवार मैदानमा उत्रिएका छन्। जसमा मुगुका उब्जन शाही, सुर्खेतका तेजकुमार वि.क, जुम्लाका धीरेन्द्रराज गिरी, रुकुमपश्चिमका नारायणकुमार शाह, सुर्खेतकी पद्मा खड्का, जुम्लाकी मेनका पछाई, कालीकोटका रमेशकुमार शाही, दैलेखका रविन्द्रराज शर्मा र बखतबहादुर खत्री छन्। 

यस्तै, सदस्य–६ जना (दलित महिला) युवा १ समेतका लागि १० जना, सदस्य–९ जना (दलित खुला) युवा ३ समेतका लागि ३१ जना, सदस्य–८ जना (जनजाति खुल्ला) युवा १ समेतका लागि नौ जना, सदस्य–१० जना (महिला) युवा २ सहितका लागि १५ जना, सदस्य–१९ जना (पुरुष) युवा ४ समेतका लागि ४९ जना उम्मेदवार मैदानमा उत्रिएका छन्। 

यस्तै, प्रदेश लेखा समितको अध्यक्षमा मुगुका जितबहादुर मल्ल र सुर्खेतका सुरज थापा उम्मेदवार बनेका छन्। सचिव पदका लागि हुम्लाका कमल बोहोरा र सुर्खेतका कलाधर उपाध्यायबीच प्रतिस्पर्धा हुने भएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .