साताको पहिलो कारोबार दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३४.४० अंकले घटेको छ।
आज ३४.४० अंकले घटेको बजार १९६९.८९ बिन्दुमा अडिएको हो।
घटेको बजारमा कारोबार भने बढेको छ। आज नेप्सेमा १ अर्ब ८१ करोडको कारोबार भएको छ। अघिल्लो कारोबार दिन नेप्सेमा १ अर्ब ७७ करोडको कारोबार भएको थियो।
कारोबारमा आएमध्ये १० कम्पनीको सेयरमूल्य बढ्दा २२१ कम्पनीको घटेको छ।
आज सयपत्री हाइड्रोपावरको सेयरमूल्य सर्वाधिक १० प्रतिशतले बढेको छ। सिटिजन्स लाइफ इन्स्योरेन्सको सर्वाधिक १४ करोड ७३ लाखको कारोबार भएको छ।
पाँच कम्पनीको सेयरमूल्यमा नकारात्मक सर्किट लागेको छ। आज सनराइज फस्र्ट म्युचल फण्ड, अपरहेवाखोला, एशियन हाइड्रोपावर, मनकामना इन्जिनियरिङ हाइड्रो र सिटिजन्स लाइफको सेयरमूल्यमा नकारात्मक सर्किट लागेको छ।
15
Shares
प्रतिक्रिया