ad ad

राजनीति


संसद् बैठक सुरु भएलगत्तै गतिरोध, रास्वपा र राप्रपाद्वारा पालैपालो विरोध

संसद् बैठक सुरु भएलगत्तै गतिरोध, रास्वपा र राप्रपाद्वारा पालैपालो विरोध

फाइल तस्बिर


नेपालखबर
असोज १४, २०८० आइतबार १३:५८, काठमाडौँ

प्रतिनिधिसभाको आइतबार सुरु भएको बैठकमा प्रतिपक्षी राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रिय प्रजातन्त्र पार्टीले पालैपालो अवरोध गरेका छन्।

सभामुख देवराज घिमिरेले बैठक सुरु गरेलगत्तै रास्वा सभापति रवि लामिछानेसहितका सांसदहरु विरोधमा उत्रिएका हुन्। 

सभामुख घिमिरेले आजको बैठकमा राष्ट्र संघ र चीनबाट फर्किएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गर्ने बताएपछि रास्वपा सांसदहरुले उठेर विरोध गरिरहे।

अर्कातिर राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदहरुले पनि बैठकमा विरोध जनाएका छन्। प्रक्रिया नमिलेको भन्दै राप्रपा सांसदहरु पनि विरोधमा उत्रिएका हुन्। 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .