नेकपा एमाले कोशी प्रदेश कमिटीको उपाध्यक्षमा टीकाराम चेम्जोङ निर्विरोध निर्वाचित हुने भएका छन्।
उपाध्यक्षमा चेम्जोङको एकल उम्मेदवारी परेका कारण उनी सर्वसम्मत चुनिने भएका हुन्।
अध्यक्षमा विनोद ढकाल र घनश्याम खतिवडा प्रतिस्पर्धामा छन्। अब अध्यक्षसहित चार पदाधिकारीका लागि आज मतदान हुनेछ।
सचिवमा उदयपुरका शैलेस लामा र पाँचथरका राजकुमार भण्डारीले उम्मेदवारी दिएका छन्। यस्तै दुई उपसचिवका लागि भवीश्वर गुरुङ, देवान राई, जलवर्षा राजवंशी र खेम नेपाली प्रतिस्पर्धामा छन्।
147
Shares
प्रतिक्रिया