ad ad

राजनीति


प्रधानमन्त्रीको चीन भ्रमणबारे जानकारी दिन माओवादी केन्द्रले पत्रकार सम्मेलन गर्ने

प्रधानमन्त्रीको चीन भ्रमणबारे जानकारी दिन माओवादी केन्द्रले पत्रकार सम्मेलन गर्ने

नेपालखबर
असोज १३, २०८० शनिबार १६:७, काठमाडौँ

सत्तारुढ नेकपा (माओवादी केन्द्र)ले आइतबार पत्रकार सम्मेलन आयोजना गरेको छ।

पार्टी अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चीन भ्रमण लगायतका अन्य विविध विषयको जानकारी गराउनका लागि पत्रकार सम्मेलन आयोजना गरिएको पार्टी उपाध्यक्ष अग्निप्रसाद सापकोटाले जानकारी गराएका छन्। 

उनका अनुसार पार्टी केन्द्रीय कार्यालय, पेरिसडाँडामा आइतबार (असाजे १४) दिउँसो २ बजे पत्रकार सम्मेलन आयोजना गरिएको हो। 

गत भदौ ३० गते अमेरिका प्रस्थान गरेका प्रधानमन्त्री प्रचण्ड त्यतैबाट असोज ५ गते चीन प्रस्थान गरेका थिए।

संयुक्त राष्ट्रसंघको महासभामा सहभागी भएर प्रधानमन्त्री प्रचण्ड चीनको हाङ्जाओमा आयोजित १९ औं एसियाली खेलकुदको उद्घाटनमा सहभागी भएका थिए। 

एक साता चीनमै रहेका प्रधानमन्त्री प्रचण्ड शनिबार दिउँसो एयर चाइनको विमानमार्फत नेपाल फर्किएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .