ad ad

राजनीति


नवराज सिलवालको भाग्य, १ मतको अन्तरले एमाले बागमती कमिटी सचिव बने

नवराज सिलवालको भाग्य, १ मतको अन्तरले एमाले बागमती कमिटी सचिव बने

फाइल तस्बिर


नेपालखबर
असोज १२, २०८० शुक्रबार २३:४२, काठमाडौँ

पूर्वएआईजीसमेत रहेका नवराज सिलवाल नेकपा एमाले बागमती प्रदेश कमिटीको सचिवमा १ मत धेरै ल्याएर विजयी भएका छन्।

अध्यक्षमा पराजित कृष्णप्रसाद दाहालको प्यानलबाट उठेका सिलवालले ५६८ मत ल्याउँदै प्रदेश सचिव पद पक्का गरेका हुन्।

प्रतिनिधिसभाका पूर्वसांसदसमेत रहेका उनले प्रदेश कमिटी अध्यक्षमा विजयी कैलाश ढुंगेल प्यानलका हस्तबहादुर पण्डितलाई केबल १ मतको झिनो अन्तरले हराएका छन्।

उता अध्यक्षमा विजयी कैलाशप्रसाद ढुङ्गेल ६९६ मत ल्याउँदा पराजित दाहालले ४३९ मत मात्रै पाए। 

उपाध्यक्षमा भने ढुंगेल प्यानलका दावादोर्जे लामा विजयी भए। सचिवमा ५६८ मतसहित सिलवाल विजयी हुँदा पण्डितको पक्षमा ५६७ मत पर्‍यो।

खुल्ला उपसचिवमा ढुंगेल प्यानलका विजयी हुँदा महिला उपसचिवमा दाहाल प्यानलकी भक्तकुमारी लामाले जित निकालेकी छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .