नेकपा एमाले बागमती प्रदेश कमिटीको पहिलो अधिवेशनमा अहिलेसम्म ३ सय मत खसेको छ।
ललितपुर जिल्ला अध्यक्ष पुरुषोत्तम आचार्यका अनुसार कुल मतदाता ११ सय ७४ मा हालसम्म ३ सय मत खसेको हो।
दिउँसो सवा १ बजेदेखि विद्युतीय मेशिनमा मतदान सुरु भएको हो।
सबैभन्दा पहिले अध्यक्षका प्रत्यासी कृष्णप्रसाद दाहाल र कैलाश ढुंगेलले मतदान गरेका थिए।
एमालेले मतदाताका लागि टोकन प्रणाली लागु गरेको छ। पहिले टोकन लिने १०० जनालाई पठाएपछि अरुलाई पठाउने गरिएको छ।
एमालेले एकपटकमा ५० जनालाई मतदान गर्न पठाइरहेको छ। भित्र मतदान जारी रहँदा च्यासलस्थित मतदान केन्द्रबाहिर कार्यकर्ताहरु नाचगान गरिरहेका छन्।
96
Shares

प्रतिक्रिया