राजनीति


संघीयता कार्यान्वयनका लागि शासकीय मानसिकतामा परिवर्तन जरुरी : कावा प्रधानमन्त्री खड्का

संघीयता कार्यान्वयनका लागि शासकीय मानसिकतामा परिवर्तन जरुरी : कावा प्रधानमन्त्री खड्का

नेपालखबर
असोज १२, २०८० शुक्रबार १४:५८, काठमाडौँ

कार्यवाहक प्रधानमन्त्री तथा रक्षमन्त्री पूर्णबहादुर खड्काले सङ्घीयताको पूर्ण कार्यान्वयनका लागि शासकीय मानसिकतामा परिवर्तन हुनुपर्नेमा जोड दिएका छन्। उनले तीनवटै तहका सरकार र कर्मचारी संयन्त्रमा शासकीय मानसिकतामा परिवर्तन जरुरी रहेको बताए।

कार्यविस्तृतीकरण परिमार्जन प्रारम्भिक सुझाव सङ्कलन, स्थानीय सरकार सङ्घ महासङ्घको कार्यक्रमलाई काठमाडौँमा आज सम्बोधन गर्दै कार्यवाहक प्रधानमन्त्री खड्काले तीन वटै तहका सरकार मिलेर काम गरे मात्र सङ्घीयता कार्यन्वयन हुने बताए। 

संविधान जारी भइसकेपछि दुई पटक निर्वाचन भइसक्दा समेत सङ्घीय कानुन बन्न नसक्दा सङ्घीयता कार्यान्वयनमा समस्या देखिएको बताए।

कार्यवाहक प्रधानमन्त्री खड्काले सरकारले सङ्घीय कानुन निमार्णलाई उच्च प्राथमिकतामा राखेको समेत बताए। उनले विद्यालय शिक्षासम्बन्धी विधेयक संसदमा पेश भइसकेको र अब चाँडै निजामति कर्मचारीसम्बन्धी विधेयक र सङ्घीय प्रहरीसम्बन्धी विधेयक पनि संसदमा दर्ता गर्ने तयारी भइसकेको बताए।

उपप्रधानमन्त्री तथा रक्षामन्त्री समेत रहेका खड्काले अधिकारको खोजी गर्दा सङ्घीयतालाई ध्यान दिन सुझाव दिए। उनले अहिले सबैमा अधिकारको तानातान गर्ने प्रवृति देखिएको भन्दै प्राप्त अधिकारको अधिकतम प्रयोग गर्नका लागि स्थानिय सरकारका अधिकारीलाई आग्रह गरे। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad