ad ad

राजनीति


एमाले बागमती : प्यानलै बनाएर उत्रिए दाहाल र ढुंगेल, कुन पक्षबाट को को उम्मेदवार?

एमाले बागमती : प्यानलै बनाएर उत्रिए दाहाल र ढुंगेल, कुन पक्षबाट को को उम्मेदवार?

एमाले बागमती कमिटी अध्यक्षका उम्मेदवार मतदान गर्दै। तस्बिर : नेपालखबर


नेपालखबर
असोज १२, २०८० शुक्रबार १४:१४, काठमाडौँ

नेकपा एमालेको बागमती प्रदेश कमिटीको नयाँ नेतृत्व चयनको लागि प्यानलै बनाएर उम्मेदवार प्रतिस्पर्धामा उत्रिएका छन्।

अध्यक्षमा मकवानपुरका कृष्णप्रसाद दाहाल र रामेछापका कैलाश ढुङ्गेल चुनावी मैदानमा उत्रिएका छन्।

बागमती प्रदेश कमिटीका लागि अध्यक्ष, उपाध्यक्ष, सचिव र दुईजना उपसचिवसहित २४० सदस्यीय कार्यसमिति निर्वाचित हुनेछ। 

अध्यक्षको दौडमा रहेका ढुङ्गेलले उपाध्यक्षमा दावा दोर्जे लामालाई प्यानलमा राखेका छन्। यस्तै सचिवमा हस्त पण्डित ढुङ्गेलको प्यानलका हुन्।

यस्तै, उपसचिवमा ललितपुरका प्रेमबहादुर महर्जन र महिला उपसचिवमा रीता गौतम छन्। 

उता, अध्यक्षका अर्का उम्मेदवार एमालेका केन्द्रीय सदस्यसमेत रहेका दाहालको प्यानलमा उपाध्यक्षमा नुवाकोटका नारायणप्रसाद खतिवडा छन्।

यस्तै, सचिवमा ललितपुरका नवराज सिलवाल छन्। उपसचिवमा टासी लामा छन्। महिला उपसचिवमा भक्तकुमारी लामा छन्।

एमाले बागमतमी प्रदेश कमिटीको सदस्य पदमा समेत प्यानलै बनेका छन्। यद्यपि कुनैपनि उम्मेदवारले प्यानलै मत भने मागेका छैनन्।

असोज ८ गते अधिवेशन उद्घाटन गर्दै अध्यक्ष केपी शर्मा ओलीले प्यानल बनाएर मत मागे उम्मेदवारी खारेज गर्नस क्ने बताएका थिए।

अध्यक्षको निर्देशन अनुसार औपचारिक रुपमा खुलेर प्यानल बनेको छैन तर प्यानलै अनुसार उम्मेदवारी परेको छ।

पहिलोपटक  बागमतीको नयाँ नेतृत्व चयन हुन लागेको हो। विद्युतीय मतदान हुने व्यवस्था मिलाइएको छ। 

यसअघि सहमतिबाट नेतृत्व चयन गर्ने अध्यक्ष केपी ओलीको योजना असफल भएपछि चुनाव हुन लागेको हो। एमाले मुख्यालय च्यासलमा चुनाव हुँदैछ। ११ सय ७४ प्रतिनिधिले मत दिनेछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .