ad ad

राजनीति


एमाले कर्णालीको अधिवेशन, लेखराज भट्ट नेतृत्वको अध्यक्षमण्डल

एमाले कर्णालीको अधिवेशन, लेखराज भट्ट नेतृत्वको अध्यक्षमण्डल

एमाले कर्णालीको अधिवेशनमा बन्दसत्र सुरु भएको छ। तस्बिर : दिनेश बुढा


नेपालखबर
असोज ११, २०८० बिहिबार १७:५६, सुर्खेत

नेकपा एमाले कर्णाली प्रदेशको पहिलो अधिवेशनको बन्दसन्त्र सुरु भएको छ।

पहिलो अधिवेशनबाट नयाँ  नेतृत्व चयनका लागि प्रदेश इन्चार्ज लेखराज भट्ट अध्यक्ष रहेको अध्यक्षमण्डल बनाइएको छ।

बिहीबार बिहान ८ बजेदेखि सुरु हुने भनिएको बन्दसत्र साँझ ५ बजेपछि मात्रै सुरु भएको हो। त्यसपछि अध्यक्षमण्डल घोषणा गरिएको हो। 

बन्दसत्रमा प्रदेश कमिटी अध्यक्ष विनाेदकुमार शाहले कर्णालीकाे राजनीतिक तथा सांगठानिक प्रतिवेदन प्रस्तुत गर्ने छन्। त्यसलाई छलफल गरेर पास गरिने छ।

अध्यक्ष मण्डल
लेखराज भट्ट, यामलाल कँडेल, गोरख बोगटी, बोहन बाँनिया, लक्ष्मीप्रसाद पोखरेल, भैरवसुन्दर श्रेष्ठ, नवराज रावत,  निरज आचार्य, मोहनमाया ढकाल, विष्णु रिजाल, धर्मराज रेग्मी, चन्द्रबहादुर विश्वकर्मा र नगिन्द्र शाही।

बहस : कर्णबहादुर शाही, प्रेमबहादुर बुढा, पुर्णबहादुर राेकाया।

माइन्युट : टेकेन्द्रकुमार बस्नेत, धनसिंह खड्का र इन्द्रबहादुर केसी।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .