इरानी विदेशमन्त्री जावेद जारिफले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई विदेश नीतिमा टिप्पणी गर्नअघि तथ्यमा आधारित हुन सल्लाह दिएका छन्।
‘इरान अमेरिकासँग छलफल गर्न चाहन्छ तर प्रतिबन्ध हटोस् भन्ने चाहन्छ,’ ट्रम्पले फक्स न्युजको समाचार ट्याग गर्दै लेखेका छन्, ‘अहँ चाहिँदैन।’
उनले यो ट्विटलाई इरानको आधाकारिक भाषा फारसीमा पनि अनुवाद गरेका छन्।
इरानी विदेशमन्त्री जारिफको अन्तर्वार्ताको प्रतिक्रियामा ट्रम्पले यस्तो भनेका थिए। तर, जारिफ ट्रम्पको फारसी भाषाबाट प्रभावित देखिएनन्।
उनले ट्विटरमा भनेका छन्, ‘फक्स न्युजको समाचार शीर्षक र आफ्ना फारसी अनुवादकमा भन्दा तथ्यमा आधारित रहेर विदेश नीतिसम्बन्धी टिप्पणी र निर्णय गर्न म ट्रम्पलाई सुझाव दिन्छु।’
.@realdonaldtrump is better advised to base his foreign policy comments & decisions on facts, rather than @FoxNews headlines or his Farsi translators
To be better informed, he can read my entire interview (in English) https://t.co/eZR8NzuWXV
Too many words? Then just read this: pic.twitter.com/URkbUll49P
Shares
प्रतिक्रिया