राजनीति


शंकर पोखरेल भन्छन् : २०८४ मा एकल बहुमतको सरकारको संकल्प गरेका छौँ

शंकर पोखरेल भन्छन् : २०८४ मा एकल बहुमतको सरकारको संकल्प गरेका छौँ

एमाले महासचिव शंकर पोखरेल। तस्बिर : दिनेश बुढा


नेपालखबर
असोज १०, २०८० बुधबार १६:२३, सुर्खेत

नेकपा एमालेका महासचिव शंकर पोखरेलले आगामी २०८४ सालको निर्वाचनमा एकल बहुमतको सरकार बनाउने संकल्प गरेको बताएका छन्।

एमाले कर्णाली प्रदेश कमिटीको अधिवेशनलाई सुर्खेतको वीरेन्द्रनगरमा बुधबार सम्बोधनका क्रममा उनले यस्तो बताएका हुन्। 

‘एमालेलाई बलियो राजनीतिक शक्तिका रपमा स्थापित गर्दै एकल बहुमतको सरकार बनाउने संकल्पका साथ अघि बढेका छौँ’, उनले भने, ‘एमाले हरेक कुरामा एकताबद्ध छ, देशको नेतृत्व गर्न सक्षम छ भन्ने कुरा कर्णालीको प्रथम प्रदेश अधिवेशनबाट दिनुपर्छ।’

पोखरेलले एमालेले मात्रै देशमा राजनीतिक स्थायित्व कायम गर्ने सामर्थ्य राख्ने पनि बताएका छन्। 

‘मुलुक आर्थिक रुपमा संकटमा छ। हामी सरकारमा हुँदाका तीन वर्ष उच्च आर्थिक वृद्दि हासिल गर्न सफल भयौँ’, उनले भने, ‘तर, त्यहीबेला हाम्रो पार्टीलाई विभाजनतिर लान खोजियो। जसले अहिले न्यायालय पनि विश्वास गर्नलायक रहेन।’

महासचिव पोखरेलले अहिले पनि एमालेलाई चौतर्फी घेराबन्दी गर्ने प्रयत्न भइरहेको छ बताए।  

‘सरकार हाम्रो प्राथमिकताको विषय होइन, हामी मुलुकको हित चाहिरहेका छौँ’, उनले भने, ‘२०८४ मा जनताको समर्थनमा बहुमत ल्याएर बलियो राष्ट्रिय शक्तिका रुपमा स्थापना गर्ने मिसन पूरा गर्नु छ। यसका लागि एकताको खाँचो छ। त्यो एकताको सन्देश कर्णालीको अधिवेशनबाट जानेछ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .