प्रहरी हिरासतमा रहेका गण्डकी प्रदेशका सभासद राजीव गुरुङ ‘दीपक मनाङे’ धरौटीमा रिहा भएका छन्।
जिल्ला प्रशसन कार्यालय कास्कीको आदेश अनुसार उनी ६ हजार रुपैयाँ धरौटीमा आइतबार रिहा भएका हुन्।
एन्फा कास्कीका अध्यक्ष मिलन गुरुङलाई कुटपीट गरेको अभियोगमा उनी विहीबार पक्राउ परेका थिए। उनीमाथि सार्वजनिक मुद्दा लगाइएको थियो।
भिडियो:
रिहा भएपछि दुई दिन हिरासतमा विताएका दिनबारे प्रतिक्रिया दिदैँ मनाङेले भने, 'मलाई मज्जै लागेको थियो। सातदिन मैले पनि केटाहरुसँग ट्रेनिङ गरेको हो। मैले रेष्ट गर्न पाए। दुई दिन मज्जाले सुतेँ।'
उनले एन्फाको भष्ट्रचार बल्ल खुलेको हो र दिन प्रतिदिन थप भष्ट्रचार बाहिर आउने समेत बताए।
प्रतिक्रिया