ad ad

राजनीति


गृहमन्त्रीलाई रविको प्रश्न– पार्टीको दबाब थेग्न नसक्नुभएको हो?

‘अनुसन्धान बम होला भनेको सलाईंको काँटी जतिपनि पड्किएन’
गृहमन्त्रीलाई रविको प्रश्न– पार्टीको दबाब थेग्न नसक्नुभएको हो?

फाइल तस्बिर


नेपालखबर
असोज ७, २०८० आइतबार १५:९, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा सांसद रवि लामिछानेले सुन तस्करी प्रकरणमा सत्तारुढ दलका मानिसहरूमाथि गहिरो अनुसन्धान नभएको बताएका छन्।

आइतबार प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै सभापति लामिछानेले सुन तस्करी प्रकरणमा सत्तारुढ दलका मानिसहरुमाथि गहिरो अनुसन्धान नभएको बताएका हुन्। 

साथै, उनले पार्टीको दबाब थेग्न नसकेको हो? भन्दै गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई प्रश्न गरे। 

‘प्रहरी केही गर्न चाहन्छ, राजनीतिक हस्तक्षेप भयो, के भयो कुन्नी मिडिया ट्रायल गरेर सूचना लिक गर्ने बाध्यतामा पुगेको छ। त्यो कन्फिडेन्ट गृहमन्त्रीज्युले प्रहरीलाई दिन नसक्नुभएको हो कि?,’ उनले भने, ‘अथवा पार्टीभित्रको दबाब तपाईले थेग्न नसक्नुभएको हो? यो स्पष्ट पार्नुप¥यो। अनुसन्धानले सुन पानी छर्किने काम भएको महसुस भएको छ।’

उनले अनुसन्धान हेर्दा भद्दा मजाक जस्तो देखिएको बताउँदै सरकारले गर्ने अनुसन्धान ‘बम’ होला भन्ने अपेक्षा आफूहरूले गरेको भएपनि सलाईको काँटीजति पनि नपड्किएको भन्दै टिप्पणी गरे। 

‘जुन आशा र अपेक्षाका साथ अनुसन्धान दिइयो, त्यो अनुसन्धानका कुराहरू हेर्दाखेरी भद्दा मजाक जस्तो भएर गयो। आज देखिएका मान्छेहरूले, मैले त्यतिखेरै भनेको थिएँ कि जब ३ दिनपछि यो अनुसन्धानमा पुग्यो,’ उनले भने, ‘त्यो समय किन दिइएको? सन्दिग्ध मान्छेहरुलाई भाग्ने समय दिइयो कि? मोबाइल फम्र्याट गर्ने समय दिइयो कि के गरिएको भन्ने थियो?,’ समितिको बैठकमा प्रश्न गर्दै सभापति लामिछानेले भने, ‘मलाई दुःख लागेको छ। सत्तारुढ दलका नेताहरूको नाम आउने बित्तिकै जुन ढंगले त्यो अनुसन्धान त बम होला भन्ने सोचेको थिएँ त्यो पटका पनि भएन। सलाईको काँटी जतिपनि पड्किएन। किनभने जतिपनि नामहरू आए उनीहरूले आफूले प्रयोग गर्ने फोन दिएनन् अर्को फोन दिए भन्नेकुरा सार्वजनिक भएको छ।’

शंकाको घेरामा रहेका व्यक्तिहरू मोबाइल फम्र्याट गरेर प्रहरीकोमा पुगेको भन्दै उनले प्रहरी अनुसन्धानमा राजनीतिक हस्तक्षेप भएको हो कि भनि आशंका व्यक्त गरे।

‘जतिपनि सत्तारुढ दलका मानिसहरुको नाम आएको छ, ती नामहरुमा गहिरोसँग अनुसन्धान नै भएन। सीआईबीको क्षमतामा मलाई अहिलेपनि प्रश्न छैन। मलाई शंका राजनीतिक दल र नेताहरुले दबाब दिए कि, प्रभावमा पारे कि भन्ने लागेको छ। कयौँ अनुसन्धान अपुरो भयो। अपुरो अनुसन्धान भएपछि अदालतले गर्ने आदेश आलोचित हुन्छ,’ उनले भने।

सभापति लामिछानेले सुन तस्करी प्रकरणका केही शंकास्पद व्यक्तिलाई अनुसन्धानले सुन पानी छर्किने काम गरेको बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .