नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नक्कली शरणार्थी प्रकरणमा थुनामा रहेका पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई दोस्रोपटक भेटेका छन्।
कांग्रेस नेतासमेत रहेका खाँणलाई कोइरालाले शनिबार केन्द्रीय कारागार सुन्धारा पुगेर भेटेका हुन्।
बिहान ९ बजेतिर कारागार पुगेका कोइराला र कांग्रेस नेता खाँणबीच आधा घण्टा कुराकानी भएको बताइएको छ। तर के कुरा भयाे भन्ने विषयमा जानकारी आएको छैन।
यसअघि पनि शेखरले गत साउन ३१ गते केन्द्रीय कारागार पुगेर खाँणसँग भेटघाट गरेका थिए।
त्यतिबेला उनले करिब एक घण्टासम्म कुराकानी गरेका थिए।
141
Shares
प्रतिक्रिया