ad ad

राजनीति


सुन तस्करी प्रकरण : उच्चस्तरीय आयोग बनाउनेबारे दुई चरणको छलफलमा पनि जुटेन सहमति

भोलि पुनः छलफल हुने
सुन तस्करी प्रकरण : उच्चस्तरीय आयोग बनाउनेबारे दुई चरणको छलफलमा पनि जुटेन सहमति

नेपालखबर
असोज ५, २०८० शुक्रबार २२:२६, काठमाडौँ

सुन तस्करीको छानबिन गर्न उच्चस्तरीय आयोग गठन गर्नेबारे भएको दोस्रो चरणको छलफल पनि सहमतिबिनै सकिएको छ। 

शुक्रबार सिंहदरबारस्थित गृह मन्त्रालयमा भएको दोस्रो चरणको छलफलमा पनि सरकार र प्रमुख प्रतिपक्षी दलबीच सहमति जुट्न नसकेको हो। 

सहमति जुट्न नसक्दा सरकारले संसदमार्फत आयोग गठन गर्न गरेको प्रतिवद्धता र तोकेको समयसीमा नाघेको छ। 

सत्तारुढ नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेका अनुसार पुनः छलफल गर्ने सहमति भएको छ। 

‘हामीले जे भाव, भाषा त्यतिबेला निर्णय भयो त्यही अनुसार अघि बढौं भनेर हामीले भनेका थियौं, तर उहाँहरुले भाषा थप गरौं भनेपछि आज सहमति हुन सकेन,’ पाण्डेले बैठकपछि सञ्चारकर्मीसँग भने। 

नेकपा एमालेका सचेतक महेश बर्तौलाले दुवै चरणका छलफलमा सहमति जुट्न नसकेको बताए। 

‘विभिन्न प्रकारका राष्ट्रिय, अन्तर्राष्ट्रिय तथा सरकारका उच्च पदस्तका अधिकारीको पनि सहभागीता छ भन्ने पुष्टि भएको छ,’ बर्तौलाले भने, ‘आज पनि आयोग गठन भएन यो दुर्भाग्यपूर्ण कुरा हो।’

असोज ५ गते आयोग गठन गर्ने भदौ ६ को सहमतिअनुसार शुक्रबार दुई चरणमा सरकार पक्ष र प्रमुख प्रतिपक्ष दलका नेताहरुबीच छलफल भएको थियो।

तर, दुवै चरणमा सहमति जुट्न नसकेको बर्तौलाले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .