राजनीति


यूएसएआईडीद्वारा नेपाललाई २० लाख डलर सहयोग घोषणा

नेपालमा लगानी गर्न अमेरिकी विदेशमन्त्री आग्रह
यूएसएआईडीद्वारा नेपाललाई २० लाख डलर सहयोग घोषणा

नेपालखबर
असोज ४, २०८० बिहिबार २०:४५,

यूएस एजेन्सी फर इन्टरनेसनल डेभलपमेन्ट (यूएसएआईडी) ले नेपाललाई २० लाख डलर सहयोग गर्ने भएको छ। 

त्यसका अलावा अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन र यूएसएआईडी प्रमुख समान्था पावरले निजी क्षेत्रका साझेदारहरुलाई नेपालसहितका मुलुकमा लगानी गर्न आह्वान गरेका छन्। 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सहभागी राष्ट्रसंघीय महासभाको साइडलाइन्समा आयोजित ‘डेमोक्रेसी डेलिभर्स’ कार्यक्रममा उनीहरुले लोकतान्त्रिक परिवर्तन गरिरहेका मुलुकहरुमा लगानी गर्न परोपकारी तथा निजी क्षेत्रका साझेदारहरुलाई आग्रह गरेका हुन्।

सो कार्यक्रम फोर्ड फाउन्डेसन र रकफेलर फाउन्डेसनसँगको सहकार्यमा आयोजना गरिएको थियो। 

नेपालमा अर्थतन्त्रको स्थिरता, रोजगार प्रवर्द्र्धन, ज्याला वृद्धि, लगानी परिचालन र लोकतन्त्रको लाभांश वितरणका लागि भन्दै यूएसएआईडीले सो रकम दिने घोषणा गरेको हो।

हालै यूएसएआईडीबाट नेपालले बहुवर्षीय योजनाहरुका लागि करिब ७० लाख डलर सहायता प्राप्त गरेको थियो।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .