दुई दिनदेखि जारी शिक्षकहरुको काठमाडौंकेन्द्रित आन्दोलनका कारण दलहरुका कार्यक्रम पनि प्रभावित भएका छन्।
राजधानीको माइतीघर मण्डलदेखि तीनकुनेसम्मको सडकमा शिक्षकहरुको प्रदर्शन भइरहेका बेला सत्तारुढ नेकपा एकीकृत समाजवादी पार्टीको सचिवालय बैठक नै स्थगित भएको छ।
पार्टीका उपमहासचिव एवम् प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले ६७ औँ सचिवालय बैठक अन्तिम समयमा स्थगित गरिएको बताए।
पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बस्ने भनिएको बैठक शिक्षकहरुको आन्दोलनले नेताहरु आइपुग्न कठिन देखिएपछि रोकिएको खतिवडाले जानकारी दिए।
यो बैठकमा पार्टीले यही असोज १४ देखि २९ गतेसम्म गर्न लागेको मेची-महाकाली समाजवादी जागरण यात्राबारे छलफल गर्ने तयारी थियो।
30
Shares
प्रतिक्रिया