बैतडीमा भरुवा बन्दुकसहित एक व्यक्ति पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार दोगडाकेदार गाउँपालिका–१ रिमका ४५ वर्षीय विष्णुसिंह साउद भरुवा बन्दुकसहित पक्राउ परेका हुन्।
भरुवा बन्दुक लिएर हिँडिरहेका साउदलाई खोचलेक चौकीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो।
साउदलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
असोज ४, २०८०, बिहीबार
30
Shares
प्रतिक्रिया