ad ad

राजनीति


अमेरिकामा प्रधानमन्त्री प्रचण्डसँग राष्ट्रसंघीय उच्च प्रतिनिधि फतिमाले गरिन् भेट

अमेरिकामा प्रधानमन्त्री प्रचण्डसँग राष्ट्रसंघीय उच्च प्रतिनिधि फतिमाले गरिन् भेट

रासस
असोज ३, २०८० बुधबार ६:५५, न्युयोर्क

संयुक्त राष्ट्रसङ्घको ७८औँ महासभामा नेपालको नेतृत्व गर्दै न्युयोर्क आएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग राष्ट्रसङ्घीय उच्च प्रतिनिधि रवाव फतिमाले भेट गरेकी छन्। 

मङ्गलबार राष्ट्रसङ्घका लागि अतिकम विकसित देशहरू तथा  भुपरिवेष्टित विकासशील देशहरूका लागि उच्च प्रतिनिधि फतिमाले प्रधानमन्त्री प्रचण्डसँग भेट गरेकी हुन्। 

न्युयोर्कस्थित नेपालको स्थायी नियोगले दिएको जानकारीअनुसार भेटका अवसरमा दुवैबीच सामूहिक चासोका विभिन्न विषय र अति कम विकसित देशहरूको चासोलाई बहुपक्षीय फोरममा कसरी प्रोत्साहन गर्ने भन्ने विषयमा छलफल भएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .