राजनीति


एमसीसीको व्याख्यात्मक घोषणाले विदेशीको गुलाम बन्न परेन : माधव नेपाल

‘एमसीसीको विरोध गर्दा वाहवाही पाइन्थ्यो भने मोहनविक्रमको पार्टीको सय सिट हुन्थ्यो’
एमसीसीको व्याख्यात्मक घोषणाले विदेशीको गुलाम बन्न परेन : माधव नेपाल

फाइल तस्बिर


नेपालखबर
असोज १, २०८० सोमबार १५:२०, काठमाडौँ

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अमेरिकी सहयोग परियोजना एमसीसीको व्याख्यात्मक घोषणा गरेर मात्रै पास गर्नाले विदेशीको गुलाम बन्न नपरेको टिप्पणी गरेका छन्। 

सोमबार पार्टी निकट नेवाः संघको कार्यक्रमलाई सम्बोधन गर्दै उनले एमसीसी पास नगरेका भए नेपालको हात तल पर्ने र देशकै स्वाभिमानले नतमस्तक हुनुपर्ने स्थिति आउने दाबी गरे। 

‘यदी हामीले व्याख्यात्मक घोषणाको रुपमा थप्ने काम नगरेको भए एमसीसी यथास्थितिमा पास हुने थियो। नेपालको हात तल पर्ने थियो, नेपालको स्वाभिमानले नतमस्तक हुनु पर्दथ्यो,’ उनले भने, ‘हामी आरामहघि सार्नसक्ने हैसियतमा हुने थिएनौँ। हाम्रै पार्टीको पहल कदमीमा व्याख्यात्मक टिप्पणी ल्याएर हाम्रो देशको स्वाभिमानको रक्षा गरेका छौँ।’

उनले एमसीसीको घोर विरोध गरेको कारण वाहवाही पाउने भए मजदुर किसान पार्टी र मोहनविक्रम सिंहको पार्टीले सय सिट कटाउने पनि बताए। 

‘एमसीसीको घोर बिरोध गरेको मजदुर किसान पार्टी विरोध गरेको कारण वाहवाही पाउँथ्यो भने देशव्यापी फैलिसक्थ्यो। एमसीसी बिरोधकै आधारमा हुने भए मोहनविक्रमजीहरूको पार्टीलाई सारा देशका जनताले भोटै भोट खसालेर सय सिट दिन्थे। हुँदो रहनेछ,’ नेपालले भने।

एमसीसी पास गरेर असंलग्न परराष्ट्र नीतिको रक्षा गरिएको पनि उनले दाबी गरे। 

‘असंलग्न परराष्ट्र नीतिको रक्षा गरेका छौँ। केही मानिसको गीत नै एमसीसी अस्वीकार गर्नु पर्दथ्यो भन्ने छ। त्यो गरेर हामीलाई सरकारबाट फालिदिने, पार्टीलाई कमजोर बनाउने, अमेरिकन स्वार्थको रक्षा हुने, विदेशीको हालीमुहाली चल्दा तमासा हेरेर बस्ने, जनताले हाम्रो वाहवाही गर्ने थिए भनेर कल्पना गर्न सकिँदैन,’ उनले भने। 

अध्यक्ष नेपालले एमसीसीको विरोध गर्न लगाएर आफ्नो पार्टीलाई सरकारबाट फाल्ने कुचेष्टा भएको पनि बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad