ad ad

राजनीति


हामीलाई सत्ता गठबन्धबाट निकाल्ने षडयन्त्र भइरहेको छ : माधव नेपाल

हामीलाई सत्ता गठबन्धबाट निकाल्ने षडयन्त्र भइरहेको छ : माधव नेपाल

नेपालखबर
असोज १, २०८० सोमबार १५:१, काठमाडौँ

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले सत्ता गठबन्धनबाट आफ्नो पार्टीलाई बाहिर निकाल्ने षडयन्त्र भइरहेको बताएका छन्।

सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष नेपालले गठबन्धनलाई कमजोर पार्नका लागि आफ्नो पार्टीलाई बाहिर निकाल्ने काम भइरहेको पनि बताए।

‘आज गठबन्धनलाई धारे हात लगाएर यसलाई कमजोर पार्नका लागि अनि यसबाट हाम्रो पार्टीलाई बाहिर निकाल्नका लागि जुन किसिमको षडयन्त्र भइरहेको छ। त्यसबाट होसियार हुनका लागि म सबैलाई आह्वान गर्न चाहन्छु,’ उनले भने, ‘त्यसैले गठबन्धनलाई बलियो बनाउने हाम्रो जिम्मेवारी हो। गठबन्धन बनाउने काममा भूमिका हामीले नै खेलेको हो। विगतमा पनि हामीले भूमिका खेलेको हो। अहिले पनि हामीले भुमिका खेलेको हो। हामी कसैले तानेर गएको होइन। हामीले तानेर ल्याएको हो।’

उनले सबै सो षड्यन्त्रबाट होशियार रहन आग्रह गर्दै उनले गठबन्धनलाई बलियो बनाउने जिम्मेवारी आफूहरूको रहेको बताए। 

गठबन्धन बनाउने काममा भूमिका आफूहरूले नै खेलेको भन्दै गठबन्धन पनि आफूले नै जोगाउनुपर्ने उनको भनाइ थियो। 

‘हामीले गठबन्धनलाई जोगाउने, बढाउने काममा भूमिका खेल्नुपर्छ। कमजोरी भएका छन् भने आलोचना गर्न सकिन्छ। बेठिक भए त्यसको पनि आलोचना गर्न सकिन्छ। आलोचना गर्नु भनेको कमजोरीलाई सुधार गर्नका लागि हो, मिलेर अघि बढ्नका लागि हो,’ उनले भने, ‘हामीले लिने गरेको नीति के हो भने एकता पनि गर्ने, अनुचित कुराका विरुद्धमा संघर्ष पनि गर्ने र संघर्ष गरेर नयाँ स्तरको उन्नत कम्युनिस्टहरूको एकता कायम गर्दै अघि बढ्ने हो। एकता, संघर्ष र उन्नत स्तरको एकता गर्ने हो।’

अनुचित कुराका विरुद्धमा संघर्ष गर्ने र नयाँ स्तरको उन्नत कम्युनिष्टहरुको एकता कायम गर्दै अघि बढ्ने नीति आफूहरुको रहेको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .