ad ad

राजनीति


विराटनगरमा आजदेखि दुई महिनासम्म किन जारी भयो निषेधाज्ञा?

विराटनगरमा आजदेखि दुई महिनासम्म किन जारी भयो निषेधाज्ञा?

विराटनगर/ फाइल तस्बिर


नेपालखबर
असोज १, २०८० सोमबार ९:५८, काठमाडौँ

जिल्ला प्रशासन कार्यालय मोरङले आजदेखि विराटनगरका केही निश्चित क्षेत्रमा २ महिनासम्मको लागि निषेधाज्ञा जारी गरेको छ।

सभा जुलुस गर्न नपाइने गरी स्थानीय प्रशासनले विराटनगरका केही ठाउँलाई निषेधित क्षेत्र घोषणा गरेको हो। 

प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादवले आइतबार एक सूचना जारी गर्दै विराटनगर महानगरपालिकालाई केन्द्रविन्दु राखेर विरोध, धर्ना, जुलुस आयोजना गर्न नपाइनेगर असोज १ गते बिहान ६ बजेदेखि २ महिना सम्मका लागि निषेधित क्षेत्र तोकेका हुन्।

नेकपा एमाले नेतृत्वको सरकार फर्किएसँगै कोशी प्रदेशको राजधानी विराटनगरमा फेरि आन्दोलन बढ्ने चिन्ता प्रशासनलाई परेको छ।

यसअघि नेपाली कांग्रेस नेतृत्वको सरकार हुँदा सुस्ताएको पहिचानवादीसहितको आन्दोलनले फेरि उग्र रुप लिने चिन्ताले प्रशासन सतर्क भएको जानकारहरुले बताएका छन्।

प्रदेशसभा बैठक कक्षबाट पूर्वमा देवकोटा चोकदेखि पश्चिममा कोशी अस्पताल चोक क्षेत्र, मुखयमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, रोडशेष चोकदेखि दक्षिण जतुवा चोक क्षेत्र, मुख्यमन्त्री निवासको तीन सय मिटर वरपरको क्षेत्र, प्रदेश प्रमुखको कार्यालयबाट तीन सय मिटर वरपर र जिल्ला प्रशासन कार्यालयको डाँफे चोकदेखि पूर्वको क्षेत्रलाई स्थानीय प्रशासनले निषेधित क्षेत्र तोकेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .