ad ad

समाज


तीजको नाचगानमा झगडा हुँदा कुटपिटबाट मृत्यु, ४ जना पक्राउ

तीजको नाचगानमा झगडा हुँदा कुटपिटबाट मृत्यु, ४ जना पक्राउ

नेपालखबर
असोज १, २०८० सोमबार १०:०, काठमाडौँ

पाल्पामा साथीको कुटाइबाट एक युवकको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार कुटपिटबाट जिल्लाको तिनाउ गाउँपालिका २ निवासी २४ वर्षीय सुनिल खत्रीको मृत्यु भएको हो।

कुटपिटमा संलग्न चार जनालाई नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक सन्तोष चन्दले जानकारी दिएका छन्। 

उनका अनुसार सोमबार राति साढे १० बजे तिनाउ–२ कै घोडेबासमा स्थानीय भेला जम्मा भई भइरहेको तीजको नाचगानमा सुनिल र उनका साथीबीच सामान्य झगडा भएको थियो। सोही विषयमा त्यही मध्यराति साढे १२ बजेतिर पुनः झैझगडा, कुटपिट हुँदा सुनिल गम्भीर घाइते भएका थिए। उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल (बुटवल) लगिए पनि आज बिहान पौने २ बजे चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ।

घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरी चौकी दोभान र जिल्ला प्रहरी कार्यालय पाल्पाबाट खटिएको प्रहरी उपरीक्षक हेरम्ब शर्मासहितको प्रहरी टोलीले कुटपिटमा संलग्न आशंका गरिएका ४ जनालाई पक्राउ गरेको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .