राजनीति


जनमोर्चा उपाध्यक्ष दुर्गा पौडेललाई डेंगु संक्रमण

जनमोर्चा उपाध्यक्ष दुर्गा पौडेललाई डेंगु संक्रमण

नेपालखबर
भदौ ३१, २०८० आइतबार १३:२२, काठमाडौँ

राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष एवम् पूर्वसांसद दुर्गा पौडेललाई डेंगु संक्रमण भएको छ।

उच्च ज्वरो आएपछि परीक्षण गर्दा पौडेललाई डेंगु संक्रमण पुष्टि भएको हो।

हाल उनको राजधानीको ह्याम्स अस्पतालमा उपचार भइरहेको छ।

भदौ २९ गते अस्पताल भर्ना भएकी पौडेलको शरीरमा रगतको कमी देखिएको चिकित्सकलाई उदृत गर्दै छोरा दिव्यमोहन जिसीले बताएका छन्।

उनलाई हिजो दुई प्वाइन्ट रगत चढाइएकोमा थप रगत आवश्यक परेको बताइएको छ।

पौडेलले केही दिनअघि गृहजिल्ला प्युठान गएकी थिइन्। त्यहीँ उनलाई डेंगु भएको आशंका गरिएको छ। पौडेल प्युठानबाट २०७४ सालमा प्रतिनिधि सभामा निर्वाचित सांसद सांसद हुन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad