राजनीति


मितव्ययी भएर तीज मनाऔं, विकृतिबाट मुक्त बनाऔं : गृहमन्त्री श्रेष्ठ

मितव्ययी भएर तीज मनाऔं, विकृतिबाट मुक्त बनाऔं : गृहमन्त्री श्रेष्ठ

नेपालखबर
भदौ २९, २०८० शुक्रबार २०:२७, काठमाडौँ

उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले तीज पर्वलाई पितृसत्तात्मक विकृतिबाट मुक्त गर्दै सांस्कृतिक उत्साह तथा उत्सवका रूपमा मनाउनुपर्ने बताएका छन्।

गृहमन्त्रालयमा आयोजित तीज शुभकामना आदानप्रदान कार्यक्रममा उनले पूर्वीय संस्कृतिमा मानव जीवनलाई सकारात्मक दिशा दिने कयौँ पक्ष भएको उल्लेख गर्दै महिला कर्मचारीलाई तीजको शुभकामना समेत दिए। 

तीज एक सामाजिक–सांस्कृतिक पर्व भैसकेकाले हिजो यसको उत्पत्ति कसरी भयो भन्नुभन्दा पनि आज यसलाई कसरी मनाउने भन्नेमा बढी सोच्नुपर्नेमा उनले जोड दिए।

खानपिन तथा लवाइखुवाइको अनावश्यक तड्कभड्क देखाएर यसलाई विकृत बनाउन नहुने बताउँदै उनले भने, ‘उल्लास त गर्ने नै हो, तर आफ्नो जिम्मेवारीमा सधैँ प्रतिबद्ध भएर, खर्चमा मितव्ययी भएर मनाउनुपर्छ।’

निरंकुश शासनकालमा राज्यको उत्पीडनविरुद्ध तीज पर्वलाई, तीजको गीत र नृत्यलाई उपयोग गर्ने गरिएको उनले स्मरण गरे। उनले शरीरसँगै मन पनि नाच्नुपर्ने र योगध्यानलाई पनि नियमित गर्नुपर्नेमा जोड दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad