समाज


भारतीय दूतावासमा दुई दिने चित्रकला प्रदर्शन

भारतीय दूतावासमा दुई दिने चित्रकला प्रदर्शन

नेपालखबर
भदौ २९, २०८० शुक्रबार २०:४६, काठमाडौँ

भारतीय राजदूतावासमा चित्रकला प्रदर्शन तथा कार्यशाला आयोजना भएको छ।

बीपी कोइराला भारत–नेपाल फाउण्डेशन र नेपाल बौद्ध महासंघले संयुक्त रुपमा नेपाल कला परिषद्, बबरमहल, काठमाडौंमा सम्भोतारभोटी लिपि सम्बन्धी दुई दिने चित्रकला आयोजना दूतावासले जनाएको छ। 

सिक्किम भारतबाट आएका क्यालिग्राफर जाम्याङ दोर्जीले पवित्र बौद्ध मन्त्रहरूको सुलेखन प्रयोग गरेर कोरिएका ४० भन्दा बढी क्यालिग्राफिक चित्रहरू प्रदर्शनीमा राखिएको दूतावासले बताएको छ।

दोर्जीले सहभागीहरूलाई सम्भोता लिपिको शैली र प्रयोगको प्रत्यक्ष प्रर्दशन गरि सो लिपिमा आफ्नो नाम लेख्न सिकाएका थिए।

राज्यमन्त्री प्रमिला कुमारीले कुनै पनि राष्ट्रको संस्कृति र परम्परा सो राष्ट्रको मुटु र आत्मा भएको उल्लेख गरेकी थिइन्। उनले नेपाल र भारतको लागी बौद्ध धर्म एक साझा धागो भएको उल्लेख गरिन्।

कार्यक्रमको उद्घाटन शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्री माननीय प्रमिला कुमारी, नेपाल बौद्ध महासंघका अध्यक्ष खेनपो कमल भण्डारी र बौद्ध दर्शन प्रवर्द्धनका अध्यक्ष खेनपो गेशे थुप्तेन जिक्डोलले संयुक्त रुपमा गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad