राजनीति


इरानकाे आक्रमणमा ३४ अमेरिकी सैनिकलाई ब्रेन इन्जुरी भएको पेन्टागनले स्वीकार्यो

इरानकाे आक्रमणमा ३४ अमेरिकी सैनिकलाई ब्रेन इन्जुरी भएको पेन्टागनले स्वीकार्यो

नेपालखबर
माघ १०, २०७६ शुक्रबार १८:२१,

अमेरिकी रक्षा मन्त्रालयको मुख्यालय पेन्टागनले दुई हप्ताअघि इराकस्थित अमेरिकी हवाई सैन्यआधारमा इरानले आक्रमण गर्दा ३४ अमेरिकी सैनिकलाई ब्रेन इन्जुरी (दिमागमै चोट) भएको बताएको छ। तीमध्ये आधाजसो चाहिँ भर्खर आफ्नो सैन्य ड्युटीमा फर्केको शुक्रबार राति पेन्टागनले बताएको हाे।

पेन्टागनको प्रमुख प्रवक्ता जोनाथन हफम्यानले घाइते भएकामध्ये १७ को अझैपनि स्वास्थ्य उपचार भइरहेको बताएका छन्।

आक्रमणलगत्तै पत्रकार सम्मेलन गरेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने जनवरी ८ का दिन भएको सो आक्रमणमा इराकस्थित कुनैपनि अमेरिकी सैनिकलाई केहि चोटपटक नलागेको बताएका थिए। सेनाले त्यसको प्रभाव तत्काल नदेखिए पनि केहि पछि मात्र थाह हुन गएको बताएको छ।

इरानका सबैभन्दा शक्तिशाली सैनिक जर्नेल कसिम सुलेमानीलाई अमेरिकाले मारेपछि त्यसको बदलामा इरानीले इराकस्थित अमेरिकी सैन्यशिविरमा आक्रमण गरेको थियो। (एपी)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad