राजनीति


स्पेनका राजासँग दावाफुटीको भेट, राजदरबारमै बुझाइन प्रमाणपत्र

स्पेनका राजासँग दावाफुटीको भेट, राजदरबारमै बुझाइन प्रमाणपत्र

नेपालखबर
माघ १०, २०७६ शुक्रबार १७:४१,

स्पेनका लागि नेपाली राजदूत दावाफुटी शेर्पाले मड्रिडस्थित राजदरबारमा शुक्रबार राजा फिलिपे छैठौं समक्ष ओहदाको प्रमणपत्र प्रस्तुत गरेकी छिन्।

स्पेन यूरोपको रजतन्त्रात्मक मुलुक हो र शेर्पालाई राजासमक्ष ओहदाको प्रमाणपत्र प्रस्तुत गर्न राजदरबारमै निम्त्याइएको थियो।

DawaPhuti2

राजदूत नियुक्त भएपछि शेर्पा केही महिनाअघि मड्रिड पुगेकी थिइन। अमेरिकामा उच्च अध्ययन गरेर नेपाल फर्केकी शेर्पालाई सरकारले केही वर्षअघि मात्र स्थापना गरिएको नेपाली दूतावास स्पेन पठाउने निर्णय गरेको थियो।

सगरमाथा आरोही पहिलो नेपाली महिला पासाङ ल्हामु शेर्पाकी छोरी दावाफुटी अमेरिकाबाट फर्केपछि पासाङ ल्हामु पर्वतारोहण प्रतिष्ठानको अध्यक्ष बनेर पर्यटन प्रवद्र्धन र सामाजिक काममा सक्रिय भएकी थिइन।

DawaPhuti3

शेर्पा नेपाली केही महिला राजदूतमध्ये एक हुन्, जसले स्पेन लगायत यूरोपमा नेपाल प्रवद्र्धन गर्न मुख्यगरी सक्रिय हुने बताएकी छिन्। 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad