ad ad

राजनीति


पूर्व परराष्ट्रमन्त्री खड्काले भने : मुलुकलाई समस्यामा छाडेर प्रधानमन्त्री राष्ट्रसंघमा जानु हुँदैन

पूर्व परराष्ट्रमन्त्री खड्काले भने : मुलुकलाई समस्यामा छाडेर प्रधानमन्त्री राष्ट्रसंघमा जानु हुँदैन

बीपी साहित्य महोत्सवमा सहभागी कांग्रेस नेता डा. नारायण खड्का। तस्बिर : सरोज नेपाल


नेपालखबर
भदौ २५, २०८० सोमबार १७:४, काठमाडौँ

संयुक्त राष्ट्रसंघीय महासभामा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सभागिताको औचित्यमाथि पूर्व परराष्ट्रमन्त्री डा. नारायण खड्काले प्रश्न उठाएका छन्। 

नेपाली कांग्रेसका संस्थापक नेता बीपी कोइरालाको ११ औँ जन्मजयन्तीका अवसरमा सोमबार आयोजना गरिएको साहित्य महोत्वसवमा बोल्दै कांग्रेस नेतासमेत रहेका डा. खड्काले प्रश्न उठाएका हुन्। 

‘प्रचण्डजी संयुक्त राष्ट्रसंघको महासभामा किन जाने?’, साहित्य महोत्सवको ‘अन्तर्राष्ट्रिय राजनीति र कूटनीतिमा बीपी’ विषयक सेशसनमा बोल्दै उनले भने, ‘देशमा भ्रष्टाचारका यति धेरै मुद्दा आइरहेका छन्। यस्तो अवस्थामा राष्ट्रसंघको महासभामा गएर उहाँले के कुरा गर्नुहुन्छ?’ 

डा. खड्काले राजनीति अस्थिर बन्दै गइरहेको उल्लेख गर्दै यो बेला प्रधानमन्त्री राष्ट्रसंघीय महासभामा जानुभन्दा यहीँ बसेर मुलुकका समस्या सम्हाल्नुपर्ने उल्लेख गरे। 

कान्तिपुरका निवर्तमान प्रधानसम्पादक सुधीर शर्माले सहजीकरण गरेको सेशनमा नेपाल समाजवादी पार्टीका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई, पूर्व परराष्ट्रमन्त्री समेत रहेका एमाले उपमहासचिव प्रदीप ज्ञवाली र परराष्ट्र मामिलाकी जानकार डा. इन्द्रा अधिकारीले अन्तर्राष्ट्रिय राजनीति र कूटनीतिमा बीपीको योगदानको चर्चा गरेका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .