ad ad

राजनीति


यस्ता छन् मन्त्रिपरिषद्ले बिहीबार गरेका १५ निर्णय

यस्ता छन् मन्त्रिपरिषद्ले बिहीबार गरेका १५ निर्णय

फाइल तस्बिर


नेपालखबर
भदौ २२, २०८० शुक्रबार १७:०, काठमाडौँ

बिहीबार बसेको मन्त्रिपरिषद्को बैकठले विभिन्न १५ वटा निर्णय गरेको छ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय मातहत अधिकृतस्तरका जम्मा ३० पदको अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय गरेको छ।

त्यसैगरी चीनको बेइजिङमा भदौ २६-२९ सम्म आयोजना हुने नेपाल-चीन संयुक्त व्यापार कार्यदलको दोस्रो बैठकमा सहभागी हुन सचिव मधुकुमार मरासिनीको संयोजकत्वमा ५ सदस्यीय प्रतिनिधिमण्डल गठन गर्ने निर्णय पनि भएको छ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ पञ्चेश्वर विकास प्राधिकरणमा नेपालको तर्फबाट २०८१ जेठ २८ सम्मका लागि प्रमुख कार्यकारी अधिकृत पदमा सहसचिव मधुप्रसाद भेटुवाल, कार्यकारी निर्देशक (प्रशासन / वित्त) पदमा सहसचिव दीपक लामिछाने, कार्यकारी निर्देशक (वातावरण) पदमा सहसचिव रामगोपाल खर्बुजा र कार्यकारी निर्देशक (कानून) पदमा सहसचिव इन्दिरा दाहाल भट्टराईलाई खटाउने निर्णय पनि

त्यस्तै चीनको बेइजिङ्गमा आगामी असोज ८ देखि ९ सम्म आयोजना हुने ग्लोबल सस्टनेबल ट्रान्सपोर्ट फोरम २०२३ कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्री नन्दा चपाईलाई सहभागी हुन स्वीकृति प्रदान गर्ने निर्णय सरकारले गरेको छ।

माथिल्लो दरौंदी साना जलविद्युत आयोजनाको भौतिक पूर्वाधार निर्माण गर्न गोरखाको राष्ट्रिय वन क्षेत्रको जम्मा ४.९२४ हेक्टर जग्गा २५ वर्षसम्म प्रयोग गर्न दिने तथा सो वन क्षेत्रमा रहेका रुखहरू हटाउन स्वीकृति दिने निर्णय पनि सरकारले गरेको छ। 

यस्ता छन् निर्णय

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .