सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) परिमार्जन गरेर मात्रै कार्यान्वयन गर्नुपर्ने बताएका छन्।
शुक्रबार नवलपुरमा आयोजित अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रममा अध्यक्ष प्रचण्डले एमसीसी अगाडि बढीरहेकै बेला अमेरिकाले इन्डोप्यासेफिक रणनीति अगाडि ल्याएपछि विवादित बनेको बताए।
‘स्थायी समितिको बैठकमा पर्याप्त छलफल गर्याैँ, एमसीसीको मुद्दा राष्ट्रियहित अनुकूल हुनेगरी, जरुरी पर्दा अमेरिकासँग पुनः संवाद गरेर, सम्भव हुनेसम्म परिमार्जन गरेर कार्यान्वयन गर्नु उचित हुन्छ भन्ने स्प्रिटमा निर्णय गरेका छौँ’, उनले भने।
पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले राष्ट्रहितलाई केन्द्रमा राखेर मात्रै सम्झौतालाई अगाडि बढाउने बताए। एमसीसी कार्यक्रम धेरै पहिलेदेखि अगाडि बढ्ने गरेको र अफ्रिका र साउथ एसियाका अन्यदेशहरुमा यो प्रक्रिया बढीरहेको उनको भनाइ थियो।
— Nepalkhabar (@nepalkhabar) January 24, 2020एमसीसी परिमार्जन गरेरमात्रै कार्यान्वयन गर्नुपर्छ : प्रचण्ड@nepalkhabar pic.twitter.com/GZPVXdxoNp
‘एमसीसी प्रोग्राम अगाडि बढ्दै गर्दा अमेरिकाले फेरि दक्षिण एसियालाई केन्द्रित गरेर इन्डोप्यासेफिक स्टाटेजी भनेर अर्को रणनीति अगाडि ल्यायो। इन्डो प्यासेफिक स्टाटेजीलाई सैनिक रणनीतिका रुपमा अगाडि बढाएपछि यसमा विवाद सुरु भएको हो’, उनले भने, ‘यो विषयमा पछिल्लोपटक अमेरिकी दूतावासबाट १० बुँदे स्पष्टीकरण पनि आएको छ। त्यसलाई पनि विचार गरेर, नेपालको राष्ट्रिय हितलाई केन्द्रविन्दुमा राखेर हामी निर्णय गर्छौँ।’
एमसीसीलाई लिएर पछिल्लो समय नेकपामा दुई धार देखिएको छ। एकथरी नेताहरु एमसीसी जसरी पनि पारित गर्नुपर्छ भन्ने पक्षमा देखिएका छन् भने अर्काथरी नेताहरु सम्झौता राष्ट्रिय हित विपरीत भएको भन्दै कुनै पनि हालतमा पारित गर्न नहुने बताउँदै आएका छन्।
याे पनि:
महराले अमेरिकालाई भनेका थिएः एमसीसी संसदबाट सहजै अनुमोदन हुनेछ

प्रतिक्रिया