ad ad

राजनीति


विकास निर्माणमा राष्ट्रिय सहमति आवश्यक छ : गृहमन्त्री श्रेष्ठ

विकास निर्माणमा राष्ट्रिय सहमति आवश्यक छ : गृहमन्त्री श्रेष्ठ

नेपालखबर
भदौ २१, २०८० बिहिबार १२:४३, चितवन

उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले मुलुकको विकासका लागि राष्ट्रिय सहमति आवश्यक रहेको बताएका छन्। 

चितवनको माडी नगरपालिकाले आज आयोजना गरेको जनप्रतिनिधि एवं कर्मचारीसँगको छलफल कार्यक्रममा उपप्रधानमन्त्री श्रेष्ठले विकास निर्माणका विषयमा सबै दल एक भएर अघि बढ्नुको विकल्प नभएको बताए।

‘एक अर्काको खुट्टा तानातान गर्ने राजनीतिक संस्कारले विकास हुनसकेन। हाम्रो देशपछि पर्नुको मुख्य कारण पनि यही हो’, उनले भने, ‘राजनीतिक संस्कार परिवर्तन गरेर विकास निर्माणमा सहमतिका साथ अघि बढ्न जरुरी छ।’

यसो गर्न सके मुलुक स्वाधिन, सुन्दर, लोकतान्त्रिक र सम्बृद्ध बनाउन सकिनेमा उनले जोड दिए। स्थानीय तहदेखि केन्द्रीय तहसम्म विकासका लागि सबै दल एक ठाउँ हुन जरुरी रहेको उनले बताए। 

माडीवासीको समस्याप्रति आफू जानकार रहेको भन्दै गृहमन्त्री श्रेष्ठले निकुञ्जको बाटो कालोपत्र गर्ने विषयमा प्रधानमन्त्री र आफूले पटक–पटक छलफल गरी पहिलो प्रथामिकतामा राखिएको जानकारी दिए। 

उनले सुकुम्बासी समस्या समाधानका लागि कानुन संशोधन गरेर भए पनि अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे। 

फरक प्रसंगमा बोल्दै उपप्रधानमन्त्री श्रेष्ठले जनप्रतिनिधि र कर्मचारीलाई भ्रष्टाचार न्यूनीकरण र सुशासन कायम गर्नेगरी काम गर्न निर्देशन दिए। ‘भ्रष्टाचार र सुशासन कायम गर्नेतर्फ ध्यान केन्द्रित गरेर काम गर्नुस्। सुशाशन, समृद्धि र सामाजिक न्याय अहिलेको सरकारको मुख्य कार्यभार हो,’ उनले भने।  

नगरपालिका प्रमुख ताराकुमारी काजी महतोको अध्यक्षतामा भएको कार्यक्रममा बागमती प्रदेशसभा सदस्य ठकुर ढकाल, देवेन्द्र श्रेष्ठसहित माडीमा क्रियाशील राजनीतिक दलका प्रमुख एवं प्रतिनिधिहरुको सहभागिता थियो। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .