राजनीति


स्वतन्त्र प्रदेशसभा सदस्य यादवलाई पूर्वपक्षका लागि थुनामा राख्न आदेश

स्वतन्त्र प्रदेशसभा सदस्य यादवलाई पूर्वपक्षका लागि थुनामा राख्न आदेश

नेपालखबर
भदौ १९, २०८० मंगलबार २१:२३, काठमाडौँ

मधेश प्रदेशका स्वतन्त्र प्रदेशसभा सदस्य अनिरुद्धप्रसाद सिंह यादवलाई पूर्वपक्षका लागि थुनामा राख्न आज आदेश दिएको छ।

कर्तव्य ज्यान मुद्दामा जिल्ला न्यायाधीश राजेन्द्रकुमार आचार्यको इजलासले उनलाई पूर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो।

हत्या अभियोगमा सप्तरीको प्रदेश क्षेत्र नम्बर ४ (ख)बाट स्वतन्त्र निर्वाचित उनलाई प्रहरीले सोमबार राजविराज नगरपालिका–७ बाट पक्राउ गरेको थियो।
     

हत्या अभियोगमा प्रहरीले पक्राउ गरी अदालतमा बुझाएको यादवलाई पूर्पक्षका लागि थुनामा पठाउने आदेश जारी गरेलगत्तै थुनामा पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक नरेशकुमार सिंहले जानकारी दिए।
   
विसं २०६४ असार ९ गते सिंहको निर्देशनमा सप्तरीको साविकको बोदेबर्साइन गाविस वडा नम्बर ४ बाट अपहरण गरी गोबिन्द चौधरीको हत्या गरेको आरोप छ।

मृतकका दिदी धनगढी गाविस–३ की रीताकुमारी चौधरीले जिल्ला प्रहरी कार्यालय सप्तरीमा २०६४ असार १४ गते सिंहसमेत नौ जनामाथि किटानी उजुरी दिएका थिए।

माओवादी नेता गोविन्द चौधरीको गोली हानी हत्या गरेको मुद्दामा यादवलाई अदालतले दोषी ठहर गरिसकेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .