ad ad

राजनीति


पृथ्वीसुब्बा भन्छन् : अख्तियारलाई अधिकार देऊ, नत्र अर्को शक्तिशाली आयोग बनाऊ

पृथ्वीसुब्बा भन्छन् : अख्तियारलाई अधिकार देऊ, नत्र अर्को शक्तिशाली आयोग बनाऊ

नेपालखबर
भदौ १९, २०८० मंगलबार १८:२७, काठमाडौँ

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का उपमहासचिव एवं सांसद पृथ्वीसुब्बा गुरुङले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई अझ शक्तीशाली बनाउन सरकारसँग माग गरेका छन्।

सबै निकायमाथि अनुसन्धानको कामलाई अघि बढाउन तथा मुलुकमा विद्यमान भ्रष्टाचार नियन्त्रण गरी सुशासन कायम गर्न पनि अख्तियारजस्ता नियमक निकायलाई अझै सशक्त र प्रभावकारी बनाउनुपर्ने उनको तर्क थियो।

मंगलवार प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले राष्ट्रिय सुरक्षा र सीमासम्बन्धी ऐन बनाउन पनि राज्य व्यवस्था तथा सुशासन समितिले तत्काल पहल गर्नुपर्ने आवश्यक्ता औंल्याए।

उपमहासचिव गुरुङले संविधानको मर्म र भावना अनुसार सीमासम्बन्धि कानून निर्माण गर्न सरकारले ढिलाई गर्न नहुने बताए।

उनले भने, ‘अख्तियार, अख्तियार भनिएको छ। तर अख्तियारले लगाएको धेरै मुद्दाहरु चाहिँ फेल भइराखेको देखिन्छ। अख्तियार निश्चित २/३ वटा संस्थाहरुसँग चाहिँ अख्तियारले आफ्नो छानविन गर्न नपाउने व्यवस्था छ। किन त्यस्तो हुन्छ? कुन–कुन संस्था मैले भनिराख्नु परेन। कित त अख्तियार अर्को शक्तिशाली चाहियो, कि त अख्तियार अझ शक्तिशाली बनाउनु पर्यो।’

उपमहासचिव गुरुङले सबै दलहरुको एकतावद्ध प्रयासबाट मात्रै मुलुकको राज्य व्यवस्थालाई बलियो बनाउन सकिने पनि स्मरण गराए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .