ad ad

राजनीति


प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच एक घण्टा वार्ता

प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच एक घण्टा वार्ता

फाइल तस्बिर


नेपालखबर
भदौ १९, २०८० मंगलबार १६:२३, काठमाडौँ

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच मंगलबार वार्ता भएको छ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा दुई नेताबीच दिउँसो पौने २ बजेदेखि एक घण्टासम्म वार्ता भएको हो।

प्रधानमन्त्री दाहाललाई भेट्न अध्यक्ष ओली पौने २ बजे प्रधानमन्त्रीको कार्यालय पुगेर एक घण्टापछि बाहिरिएका थिए। 

दुई नेताबीचको भेटका क्रममा भएको कुराकानीबारे केही खुलेको छैन। तर संक्रमणकालीन न्यायसम्बन्धी विधेयक र प्रधामन्त्रीको आसन्न अमेरिका र चीन भ्रमणबारे कुरा भएको हुन सक्ने बताइएको छ। 

भेटघाटपछि अध्यक्ष ओली बालकोटतिर लागेका छन् भने प्रधानमन्त्री प्रचण्ड नयाँबानेश्वरस्थित एभरेस्ट होटलमा भइरहेको एक कार्यक्रममा सहभागी भएका छन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .