ad ad

राजनीति


माघमा पार्टीको महाधिवेशन गर्ने माधव नेपालको प्रस्ताव, विवाद भएपछि भएन पारित

अध्ययनका लागि मागियो समय
माघमा पार्टीको महाधिवेशन गर्ने माधव नेपालको प्रस्ताव, विवाद भएपछि भएन पारित

नेपालखबर
भदौ १८, २०८० सोमबार २२:५३, काठमाडौँ

नेकपा एकीकृत समाजवादी पार्टीमा नेताहरूबीच समझदारी जुट्न नसक्दा राष्ट्रिय महाधिवेशन अन्योलमा परेको छ।

सोमबार बसेको सचिवालय बैठकमा अध्यक्ष माधवकुमार नेपालले आगामी माघ ५–७ गते गर्ने प्रस्ताव राखेका थिए।

तर, ३ महिने अभियानकै बेला महाधिवेशनको तयारी गर्न सम्भव नहुने सम्मानित नेता झलनाथ खनाल लगायतले विषय उठाएपछि बैठक कुनै ठोस निर्णय नगरी सकिएको हो।

‘सचिवालयका थुप्रै सदस्यले पार्टीको तत्कालीन कार्ययोजना र महाधिवेशनबीच सन्तुलन मिलेन भनेर अध्यक्षको प्रस्ताव कार्यान्वयन गर्न नसक्ने बताउनुभयो,’ एकीकृत समाजवादीका एक पदाधिकारीले नेपालखबरसँग भने, ‘अलि कन्ट्रोभर्सी भयो भनेपछि विवाद जस्तैपर्‍यो। अध्यक्षको महाधिवेशन प्रस्ताव पारित भएन।’

अध्यक्ष नेपालले जनकपुरमा माघको पहिलो हप्ताका लागि महाधिवेशन मिति पारित गर्ने योजना असफल भएको छ।

बैठकमा खनाल लगायतका नेताहरूले केन्द्रिय सदस्य टुंगो लगायर अन्य निर्णय पछि गर्न सुझाव दिएका थिए।

‘केन्द्रीय सदस्य मनोनयन र कार्यविभाजन हेरफेरको विषयमा अध्यक्षले ल्याएको प्रस्ताव अस्वीकृत भयो र आज पेस गर्न दिनुभएन,’ ती नेताले थपे, ‘अध्यक्षले कोहिसँग सल्लाह गरेको जस्तो नदेखिएपछी सचिवालय सदस्यले थप अध्ययन गर्न समय माग्नु भएको छ।’

तर त्यसमा पनि सहमती जुटेको छैन। बैठक फेरि आगामी २२ गते बस्नेछ।

एमसीसीको विषयले विवाद बढेपछि उपाध्यक्ष राजेन्द्र पाण्डेको नेतृत्वमा अनुगमन संयन्त्र बनाइएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .